खेलकुद : विश्वकप फुटबल २०१८

चोटमुक्त हुने इंग्लिस जुक्ति

असार ६, २०७५

    इंग्ल्यान्डका खेलाडीले रसियाको चिसो तथा चोटबाट बच्न अनेक प्रयास गरिरहेका छन्। पहिलो खेलमा जित निकालेपछि खेलाडीलाई थप फिट गर्न तथा उनीहरूलाई चिसोबाट जोगाउन इंग्लिस टोलीले फरक रणनीति तय गरेको छ।

    खेलाडीहरूले प्रशिक्षणको समयमा शरीरको तापक्रम एकनास बनाइराख्न हट ट्राउजर प्रयोग इंग्ल्यान्डले अनिवार्य गरेको छ। विशेष प्रविधिले बनेको ट्राउजरले शरीरको मसल्स र हडडीको तापक्रम एकनाश बनाइ राख्छ। अभ्यासको समयमा दौडिरहँदा शरीरको तापक्रम बढने तथा सामान्य टयाकल वा लड्दा पनि चोट बाक्ने सम्‍भावना हुने सम्भावनलाई रोक्न उक्त उपाय लगाइएको हो।

    उक्त ट्राउजरको सहयोगमा अभ्यास गर्दा लड्दा पनि केही नहुने चिकित्सकहरूको विश्वास छ। प्रशिक्षक गेराथ साउथगेटले रसियाको वातावरणअनुसारै ट्राउजर बनाइएकाले खेलाडीले सहज महसुस गरेको बताए। सोमबार इंग्ल्यान्डले विश्वकपमा आफनो पहिलो खेल टयुनेसियालाई २-१ ले पराजित गर्दे प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]