खेलकुद : विश्वकप फुटबल २०१८

१७ खेलमा २८ देशका ५३ खेलाडीले पाए कार्ड

अहिलेसम्म कुनै पनि कार्ड नपाउनेमा चार देश

असार ६, २०७५

    विश्वकपको सातौँ दिन जारी रहेको छ। प्रतियोगिताअन्तर्गगत बुधबार पोर्चुगलले मोरक्कोको सामना गर्दा साउदीले उरुग्वेसँग भिड्नेछ। त्यस्तै इरान र स्पेन पनि बुधबार नै आमने-सामने हुनेछन्। 

    विश्वकपको छैठौँ दिनको खेल सकिँदा २८ देशका ५२ खेलाडीले पहिलो कार्ड पाएका छन्। त्यस्तै एक खेलाडीले रेड कार्ड पाउँदै मैदान छोडेका छन्।  सबैभन्दा धेरै पहेलो कार्ड पाउने देश पानामा बनेको छ। उसले एकै खेलमा पाँच पहेँलो कार्ड प्राप्त गरेको छ। त्यस्तै एकै म्याचमा सबैभन्दा धेरै ८ वटा पहलो कार्ड वितरण गरिएको छ।

    त्यो म्याच थियो पानामा र बेल्जियम। जुन खेलमा पानामालाई ३-० गोल अन्तरले पाखा लगाउँदै बेल्जियमले महत्वपूर्ण तीन अंक बटुलेको थियो। सबैभन्दा धेरै पहलो कार्ड दिने रेफ्रीमा जाम्बियाका फिफा रेफ्री जेनी सिकान्जे बनेका छन्। उनले एकै खेलमा आठ पहलो कार्ड वितरण गरे। 

    त्यस्तै, अर्जेन्टिना र आइस्ल्याण्डबीच भएको खेलमा भने कुनै पनि कार्ड वितरण गरिएको थिएन। जुन खेलमा दुवै टोलीले एक-एक गोलको बराबरी खेलेका थिए। 
    त्यस्तै विश्वकप २०१८ मा पहिलो रेड कार्ड पाउने खेलाडीमा कोलम्बियाका कार्लोस सान्चेस बने उनले मंगलबार जापानसँग भएको पहिलो खेलको चौथो मिनेटमा नै डिबक्स एरियामा बल ह्याण्ड गरेपछि स्लोभानियाका फिफा रेफ्री डामिर स्कोनिभाले सान्चेसलाई रेडकार्ड दिँदै  मैदानबाट बाहिर निकालेका थिए। विश्कपको इतिहासमा हाल सम्म १ सय ७० वटा रेड कार्डको रेकर्ड बनेको छ। सन् २०१४ को विश्वकपमा १० रेड कार्ड खाएका थिए। 

    कुन देशका खेलाडीले कति कार्ड पाए? 

    कोलम्बिया एक रेडसहित २ पहेँलो कार्ड

    पानामा ५ पहेँलो कार्ड 

    अस्ट्रेलिया, बेल्जियम, इजिप्ट इरान र स्विटजरल्याण्डका खेलाडीले समान ३/३ पहेलो कार्ड पाएका छन्। 

    त्यस्तै २ वटा पहेलो कार्ड प्राप्त गर्ने देशमा ९ देश रहेका छन्। जसमा क्रोयसीय, कोष्टारिका, जर्मनी, डेनमार्क, मेक्सिको, रसिया, सेनेगल, सर्बिया र दक्षिण कोरिया रहेका छन्।

    एउटा मात्र पहलो कार्ड पाउने देशका खेलाडीको संख्या १२ रहेको छ। त्यस्तै अहिलेसम्म कुनै पनि कार्ड नपाउने देशको संख्या चार रहेको छ। ती देशहरूमा अर्जेन्टिना, आइसल्याड, ट्युनिसिया र उरुग्वे रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]