समाज

कोसी ब्यारेजबाट ट्रक खस्यो, दुर्इको मृत्यु, सात घाइते

प्रतीकात्मक तस्बिर
असार ६, २०७५

    सुनसरी : कोसी ब्यारेजबाट टक खस्दा दुर्इ जनाको मृत्यु भएको छ। सप्तकोसी ब्यारेजको १९ र २० नम्बर ढोकाबाट हेटौँडाबाट इटहरी आउँदै गरेको ट्रक नदीमा खस्दा दुईजनाको ज्यान गएको हो भने सातजना घाइते भएका छन्।

    स्काभेटर लोड गरेको ना४ख ३५६ नम्बरको ट्रक अनियन्त्रित भएर नदीमा खस्दा ट्रक र स्काभेटरका चालकको ज्यान गएको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले जानकारी दिए।  मृतकको सनाखत हुन सकेको छैन।

    दुर्घटनामा घाइते तीनजनाको न्यूरो अस्पताल विराटनगर र चारजनाको इनरुवा अस्पताल सुनसरीमा उपचार भइरहेको छ। ट्रकसँगै नदीमा डुबेका नौजनाको उद्दार गरिए पनि दुर्इजानको उपचारार्थ लैजाने क्रममा बाटोमै ज्यान गएको चिमोरियाले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]