समाज

'ब्रेन डेथ' भएकाको अंगदान गर्न मान्दैनन् परिवार

डेढ वर्षमा एकजनाकाे मात्र अंग प्रत्यारोपण

असार ६, २०७५

    काठमाडौं : मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको अंग झिकेर अर्काकाेमा प्रत्यारोपण गर्न सकिने कानुन ल्याएको दुई वर्ष हुन लाग्दा समेत हालसम्म एक जनाको मात्रै अंग प्रत्यारोपण भएको छ।

    सरकारले 'ब्रेन डेथ' भएकाहरूको अंग झिकेर अर्को व्यक्तिलाई प्रत्यारोपण गर्न सक्ने व्यवस्था गरेको धेरै समय भए पनि यसरी मृत्यु भएकाको परिवार तथा अस्पतालले ध्यान नदिँदा अ‌ंग झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न नसकिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा.पुकारचन्द्र श्रेठले बताए। उनका अनुसार हाल दैनिक तीनदेखि चार र बर्सेनि एक हजार जनाको ब्रेन डेथ हुन्छ। परिवार र अस्पतालहरूले समन्वयन नगर्दा ब्रेनडेथ भएका व्यक्तिको अंग झिकेर अर्कोमा प्रत्यारोपण गर्न नसकिएको बताए।

    'अहिले हरेक वर्ष एक हजार जनाभन्दा बढीको ब्रेन डेथपछि मृत्यु हुने गरेको छ। तर अंगदान गर्ने परिवार धेरै कम छन्', उनले भने, 'हालसम्म एक जनाको परिवारले मात्र अंगदान गरेका छन्।'

    अंग झिक्न १४ पटक फोन आयो, १३ घरपरिवारले दिन चाहेनन्

    डा.श्रेष्ठका अनुसार डेढ वर्षको अवधिमा काठमाडौंका १४ स्थानबाट ब्रेनडेथ भएको खबर आए पनि १३ जनाको परिरलेवा अंगदान गर्न नमान्दा हालसम्म एकजना मस्तिष्क मृत्यु भएकाको मात्रै अंग प्रत्यारोपण गरिएको बताए। उनले भने ' यस अवधिमा हामीलाई नेपाल मेडिकल कलेज,  काठमाडौं मेडिकल कलेज, ट्रमा सेन्टर, ब्लुक्रसर अस्पताल तथा निदान लगायतका ठाउँबाट हामीलाई ब्रेनडेथ भएर मृत्यु भएको खबर आयो। तर मृतकको परिवार नमान्दा अंग झिकेर प्रत्यारोपण गर्न सकिएन।'

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत वर्ष २८ वैशाखका दिन सडक दुर्घटनामा परी ब्रेन डेथमा पुगेका खाङसाङ-८ सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलको दुवै मिर्गौला झिकेर काठमाडौं लाजिम्पाटका १५ वर्षीय मिलन श्रेष्ठ र सुनसरीका ५१ वर्षीय गोविन्द तिमल्सिनामा सफल प्रत्यारोपण गरेको थियो। तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारका क्रममा भुजेलको ब्रेन डेथ भएको भन्दै उपचारमा संलग्न डाक्टरले जानकारी गराएपछि केन्द्रबाट आएका चिकित्सकको टोलीले अंग झिकेर ती दुईमा प्रत्यारोपण गरेको हो। त्यसयताको डेढ वर्षमा अरु नाै अस्पतालले मस्तिष्क मृत्यु भएको भन्दै अंग झिक्न खबर त गरे। तर सफल हुन नसकेको केन्द्रका प्रमुख डा. श्रेष्ठले बताए।

    नेपालमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेमध्ये धेरैजसो २० देखि ४० वर्ष उमेरका छन्। डा. श्रेष्ठका अनुसार उनीहरूको अंग प्रत्यारोपण हुनु धेरै राम्रो हो तर चेतना कमीका कारण अंगदानका लागि परिवारलाई मनाउन सकिँदैन। 'नेपालमा धरैको मृत्यु सवारी दुर्घटनामा ब्रेन डेथ भएर हुन्छ। यसरी मृत्यु भएकाकाे अन्य अंग एकदम स्वस्थ हुने हुँदा समयमा नै प्रत्यारोपण गर्न सके अर्को बिरामीले नयाँ जीवन पाउँछन्', उनी भन्छन्, ' तर जनचेतनाको कमीले अंगदान गर्नेहरू कम छन्।'

    ब्रेन डेथ भएकाको खोजीका लागि आफ्नो अस्पतालले २४ सै घण्टा १० वटा टोली सक्रिय रूपमा राखेको समेत डा‍.श्रेष्ठले बताए। उनका अनुसार ब्रेन डेथपछि मृत्यु भएकाहरूको अंग समयमा नै  झिक्न सके मृगौला, फोक्सो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा, आँखा, मानव अंग प्रत्यारोपण गर्न मिल्छ। तर नेपालमा भने आँखा, मृगौला र कलेजो प्रत्यारोपण व्यवस्था भए पनि ब्रेनडेथ भएर मृत्यु भएकाहरूको अंग प्रत्यारोपण हुन सक्दैन।

    ब्रेन डेथ भएका व्यक्तिको परिवारलाई अस्पतालले एक लाख रुपैयाँ दिने व्यवस्था छ। यस्तै ब्रेन डेथ भएर खबर गर्ने अस्पताललाई ५० हजार रुपैयाँ दिने व्यवस्था हुँदा समेत अंगदान गर्ने मृतकको परिवार र खबर गर्ने अस्पताल कम रहेको डा.श्रेष्ठ बताउँछन्।  'ब्रेनडेथपछि मृत्यु भएकाहरूको अंगदान गर्दा उनीहरूको परिवारलाई आर्थिक भार नपरोस् र सम्बन्धित अस्पताललाई अंग झिक्दा लाग्ने अप्रेसन खर्च बापत ५० हजार दिने व्यवस्था भए पनि अंगदान गर्नेहरू एकदम कम छन्।'

    प्रत्यारोपणको पर्खाइमा मिर्गौलाका ४७०, कलेजोका २५ जना

    ब्रेन डेथ भएकाबाट मिगौला ग्रहण गर्न अहिलेसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अंग प्रत्यारोपण समन्वय इकाइमा ४७० जनाले नाम दर्ता गराएका यस्तै कलोजो प्रत्यारोपण गर्न भन्दै २५ जनाले नाम दर्ता गराएका थिए। तर ब्रेन डेथ भएको भन्ने जानकारी नपाउँदा वा पाएको ठाउँमा परिवारले अंग दिन नमान्दा यसको प्रभावकारिता बढ्न नसकेको समेत डा.श्रेष्ठले बताए।

    सरकारले २०७२ साल माघमा  मानव अंग प्रत्यारोपणसम्बन्धी कानुन ल्याएर-२०७३ मंसिरमा जारी ब्रेन डेथ नियमावली जारी गरेदेखि एकको अंग अर्को  व्यक्तिमा प्रत्यारोपण गर्ने व्यवस्था भएको थियो। ब्रेन डेथ भएर अंग झिक्ने व्यक्तिको शरीरमा प्राकृतिक रूपमा श्वासप्रश्वास नरहेको चिकित्सकहरूले प्रमाणित गरेपछि अप्रेसनमार्फत उक्त व्यक्तिको मिर्गौला, फोक्सो, मुटु,प्याङ्क्रियाज, सानो आन्द्रा, आँखा लगायतका, मानव अंगहरू अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]