राजनीति

निर्वाचन खर्चको विषयमा गम्भीर हुनुपर्छ : मुख्यमन्त्री

असार ६, २०७५

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निर्वाचनका क्रममा दल र उम्मेदवारले गर्ने अदृश्य खर्च र पारदर्शीताको विषयमा आवश्यक निर्णय लिनुपर्ने बताएका छन्। निर्वाचन आयोगले विराटनगरमा बुधबारदेखि सुरु भएको निर्वाचन समीक्षा कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री राईले दलहरुले कहाँबाट खर्च ल्याए, कहाँ खर्च गरे र त्यो पारदर्शी छ छैन भन्ने विषयमा आयोगको ध्यान जानुपर्ने बताए।

    राईले निर्वाचनमा आचारसंहिताविपरीत हुने घटना रोक्न र निर्वाचन सम्पन्न गराउने निकायलाई नै जिम्मेवार बनाउने विषयमा अहिलेदेखि नै सोच्नु पर्ने पनि बताए। ‘कसले कहाँबाट कति खर्च ल्याए, कुन उम्मेदवारको खर्च कहाँ भयो, त्यो पारदर्शी छ छैन भन्ने विषयमा समीक्षा हुनु जरुरी छ,’ राईले भने, ‘निर्वाचन गराउने र भाग लिने राजनीतिक दलले आचारसंहिताविपरीत कार्य गरेको विषयमा पनि समीक्षा हुनुपर्छ।’

    समीक्षा कार्यक्रममा बोल्दै निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले दलहरूको खर्च गर्ने र पारदर्शी नहुने अवस्थाको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा आयोग गम्भीर रहेको बताए। उनले आयोगले अहिलेदेखि नै मतदाता नामावली संकलनको काम सुरु भएको जानकारी दिँदै नामावली संकलनदेखि निर्वाचन सम्पन्न हुने समयसम्ममा भएका गतिविधिको सबै पक्षले चासो लिनुपर्ने पनि बताए।

    निर्वाचन समीक्षा कार्यक्रममा ०७४ सालमा भएका प्रदेश-१ का सबै निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरू, सबै जिल्ला अदालतका न्यायाधिश, प्रदेशसभा सांसदहरू, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको पनि उपस्थिति रहेको छ। बुधबारदेखि सुरु भएको समीक्षा कार्यक्रम  दुईदिनसम्म चल्नेछ। विगतका निर्वाचन गराउँदा भएको कार्यसम्पादनको समग्र विषयमा कार्यक्रममा समीक्षा हुने क्षेत्रीय निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत प्रेम प्रसाद संजेललले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]