राजनीति

विपन्न बस्तीबाट विकास थाल्न सभामुख महराको आग्रह

असार ६, २०७५

    दाङ : संघीय संसदका सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिए। घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गरे। विपन्न वस्तीका साना–साना योजनालाई प्राथमिकता दिन सभामुख महराले सुझाव दिए।

    अबको नीति कार्यक्रम र वजेटमा प्राथमिकीकरण गर्न आवश्यक रहेको भन्दै उनले आम नगरवासीलाई विकासको अनुभूति हुने गरी काम गर्न आग्रह गरे। नगरले सक्ने योजनाहरूलाई आवश्यकतामा आधारित ढंगले पूर्णता दिनुपर्ने र मझौला खालका योजनालाई प्रदेश र ठूलो योजनालाई केन्द्रय सरकारले पूर्णता दिने बताए।

    दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्यसमेत रहेका सभामुख महराले अब जनताको जीवनस्तर उकास्ने शैलीबाट विकास गरिनेसमेत बताए।

    कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रकृयालाई सहज ढंगले अघि बढाउन आग्रह गरे। त्यसैगरी, मुख्य सडक र नगर क्षेत्रका गाउँमा पर्ने खोलाहरूमा पुल निर्माण, रिहारदेखि धर्ना सडकको ट्रयाक खोल्ने, चिडियाखाना निर्माणलगायतका ठूला योजनालाई पूर्णता दिन ध्यानआकर्षण गराए।

    सभामुख महरा स्थानीय सरकारले नीति कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीको पूर्वसन्ध्यामा आफ्नो चुनावी क्षेत्रमा आएका हुन्। बुधबार नै महराले बंगालाचुली गाउँपालिकामा पुगेर जनप्रतिनिधि र स्थानीयहरूसँग विकासका बारेमा छलफल गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]