राजनीति

एकै वर्षमा तीन तहको निर्वाचन गराउनु अनुकरणीय : मुख्यमन्त्री राउत

असार ६, २०७५

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दीले निर्वाचन आयोगले एकै वर्षमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सक्नु ईतिहासको सबैभन्दा ठूलो सफलता भएको बताएका छन्। तराई मधेशका जिल्लाहरूमा अधिकार प्राप्तिको आन्दोलन भइरहँदा, आन्दोलनमय तराईलाई राजनीतिक समस्या सामाधानको भूमिकामा समेत पुलको काम गरेर देशकै सम्पूर्ण जनतालाई निर्वाचनमा होम्मिने वातावरणको सृजना गर्नु निर्वाचन आयोगको ठूलो सफलता रहेको बताएका हुन्।

    निर्वाचन आयोग नेपालले जनकपुरधाममा आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘देशको झण्डै आधा जनसंख्या ओगटेको तराई मधेशको जिल्लामा केन्द्र सरकारको जनताबीच द्वन्द्वको अवस्थामा समेत सरकारसँग आन्दोलनरत पक्षलाई निर्वाचनमा ल्याउन सकारात्मक भूमिका निर्वाह गर्नु प्रशंसनीय कार्य हो।’

    मुख्यमन्त्री राउतले भने, ‘मुलुक नयाँ संघीय संरचनामा गइसकेको छ, धेरै अप्ठयाराहरू छन, अहिले मुलुकको शक्ति र स्थिरताको लागि पुरानो सोच–नयाँ सोच, पुरानो पूर्वाधार नयाँ संरचना, पुरानो पिँढी नयाँ पिँढी, जस्ता धेरै कुराहरू परिवर्तन हुन बाँकी छ, र यो विस्तारै हुने कुरो हो, त्यसैले परिवर्तनसँगै जनतालाई पनि परिवर्तनको आभास दिलाउन नयाँ परिकल्पनाको आवश्यकता छ।’

    निर्वाचन आयोगका सदस्य इला शर्माको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा उनले नेपालको एउटा अभिन्न अंगको रूपमा तराई मधेश रहेकोले निर्वाचन प्रक्रियामा मधेशलाई सहभागि गराउन पटक–पटक मिति–तिथि सार्नु परे पनि निर्वाचनमा सहभागि गराउनु आयोगको मूल मर्म रहेको बताएन्। निर्वाचन आयोगका आयुक्तसमेत रहेकी शर्माले प्रदेश २ मा प्रदेश प्रहरीको नयाँ संरचनामा ५० प्रतिशत महिलाको राख्ने विधेयक ल्याउन लागेकोमा सरकारको प्रशंसा गरेकी थिइन्।

    उनले भनिन्, ‘ यदि यो प्रदेशमा ५० प्रतिशत महिलालाई प्रदेश प्रहरीमा लग्ने परिपार्टीको सुरुवात भयो भने, विश्वकै इतिहासमा त्यो दिन र समय तथा देश र प्रदेशको नाम स्वर्णिम अक्षरमा लेखिनेछ।’

    धनुषाका निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाको स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, निर्वाचन आयोगका उपसचिव शिवशंकर प्रसाद खरेलसहितका व्यक्तिहरूको सहभागिता रहेको छ।

    कार्यक्रममा प्रदेश २ का आठ जिल्लाका जिल्ला न्यायाधीश, निर्वाचन कार्यालयका प्रमुख, निर्वाचन पर्यवेक्षक संस्था तथा सञ्चार सम्बद्ध संस्थाहरूको सहभागिता रहेको थियो।

गोविन्द महतो

महतो ०७६ वैशाखसम्म थाहाखबरका धनुषा संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]