राजनीति

कर्णालीको बजेटप्रति सत्तापक्षकै असन्तुष्ट

असार ६, २०७५

    सुर्खेत : कर्णाली प्रदेशका सत्तापक्षका सांसदले नै बजेट महत्त्वकांक्षी भएको प्रतिक्रिया दिएकाछन्। कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा बजेटमाथि छलफल गर्ने क्रममा सत्ता पक्षकै सांसदले बजेट महत्त्वकांक्षी भएको बताएका हुन्।

    सत्तापक्षका सांसद धर्मराज रेग्मीले बजेटमा प्रदेशको आन्तरिक स्रोत केही पनि नभएको अवस्थामा छ अर्ब बजेट घाटा भएर आएको भन्दै बजेटलाई सफल कार्यान्वयन गर्न सरकार, सांसद प्रतिवद्ध हुनुपर्ने बताए। ‘सदनमा होस् या सदनभन्दा बाहिर पुरानै ढाँचामा महत्त्वकांक्षी योजनालाई समेटेर बजेट ल्याइएको छ,’ उनले भने ‘स्रोतबिनाको उधारो बजेटले काम गर्न अपठेरो हुने पक्का छ।’

    सत्तापक्षकै सांसद अमर थापाले बजेट हेर्दा प्रभावकारी देखिए पनि चालु खर्चभन्दा पुँजीगततर्फ बजेट धेरै विनियोजन गरेको प्रति असन्तुष्टी व्यक्त गरे। उनले भने ‘चालु खर्चतर्फ बजेट विनियोजन गरे मात्र कार्यान्वयन गर्न सजिलो हुन थियो।’

    सांसद गुलाबजंग शाहले परम्परागत बजेटका कारण विकासले गति लिन नसक्ने भन्दै बजेटलाई सकेसम्म उत्पादनमुखि क्षेत्रमा जोड्न आवश्यक रहेको बताए। ‘पुँजी लगानी गर्न नसक्ने खालका योजनालाई बजेटले समेटको छ’ उनले भने ‘कार्यान्वयन गर्न सजिलो छैन्।’

    सांसद कृष्णा शाहाले बजेट कार्यान्वयन गर्न मुख्य चुनौति भएकाले सरकारका मन्त्री, सांसद, कर्मचारी सबै चनाखो भएर विनियोजित बजेटलाई तोकिएकै शीर्षकमा पारदर्शी रूपमा खर्च गराउन लाग्नु पर्ने धारणा राखिन्।

    बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले विनियोजन बजेटलाई हेर्दा धनी व्यक्ति झन धनी हुने गरिबलाई झन गरिब बनाउने खालको भएको आरोप लगाए। शाहीले बजेट वितरमुखी त थियो नै त्यसमा पनि पजनी वितरणमुखि भएको बताए।

    छलफलमा सांसदहरू कौशिला खत्री, पदम रोकाय, दिनबन्धु श्रेष्ठलगायतले बजेट कार्यान्वयन गर्न सबै एकजुट हुन सुझाव दिएका छन्। बजेटमाथि सैद्धान्तिक छलफल भोलि बिहीवार पनि जारी हुनेछ। भोलि बिहीवार दिउँसो ३ बजेटका लागी बैठक आह्वान गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]