समाज : सुरक्षा/अपराध

औषधि पसलबाट खुलेआम लागुऔषध बिक्री, दुई सञ्चालक पक्राउ

असार ६, २०७५

    उदयपुरः त्रियुगा नगरपालिकामा जलजलेबाट औषधी पसलमा खुलेआम लागुऔषध बिक्री गर्ने दुई सञ्चालक पक्राउ परेका छन्। बुधबार दिउँसो लागुऔषध दुरुप्रयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१८ को अवसरमा गरिएको औषधी पसल अनुगमनमा खुला रूपमा लागुऔषध विक्रि गर्ने दुई सञ्चालक पक्राउ परेका हुन्।

    पक्राउ पर्नेहरूमा त्रिनपा-६ का मनोज कुमार चौधरी र प्रेम कमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। संचालकद्वयको पसलबाट फेनोवाइटिटन गाडिनल ट्याव्लेट २४० थान वरामद भएको प्रहरी प्रमुख नवराज भट्टले बताए। एसपी भट्टका अनुसार मनोज एण्ड ब्रदर्स मेडिकलका नाममा संचालित दुई पसल अवैध रूपमा संचालन गरी लागुऔषध बिक्री वितरण गर्ने गरेको पाइएको हो।

     ‘अनुगमनको क्रममा फेनोवाइटिटन गाडिनल ट्याव्लेटसहित दुर्इ जना औषधी पसल संचालक पक्राउ परेका छन। ५ महिनाअघि मृत्यु भएका बुबा सुधमा चौधरीको नाममा औषधी पसल संचालन गरिरहेको पाइएको छ।’ एसपी भट्टले भने ‘स्थानीय समुदायले लागुऔषध बिक्री वितरण हुने भन्ने सूचनाको आधारमा यसअघि समेत उक्त पसल निगरानीमा थियो।’ पक्राउ परेकालाई लागुऔषध कारोवार ऐन अनुसार मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय उदयपुरको भनाइ छ।

    सुनचाँदीको बोर्ड राखेर ‌औषधि बिक्री

    त्यस्तै सुनचाँदी पसलको वोर्ड राखेर औषधी पसल संचालन गरेको समेत भेटिएको छ। जलजले बजारस्थित देवानन्द चौधरीले सुनचाँदी पसलको वोर्ड राखेर औषधि पसल संचालन गरेको पाईएको हो।

    उक्त पसलमा ९० प्रतिशत म्याद सकिएका औषधी बिक्रीको लागि राखेको औषध बरामदसमेत भएको छ। म्याद सकिएका सबै औषधी बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले बताए।

    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरको संयुक्त आयोजनामा औषधी पसल अनुगमन गरेको थियो। औषधि पसल अनुगमनलाई एक सातासम्म निरन्तरता दिने जनाइएको छ।

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]