समाज : सुरक्षा/अपराध

कम पेट्रोल बेच्ने पम्पमा सिलबन्दी

असार ६, २०७५

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले बजार अनुगमनलाई तिव्रता दिएको छ। अनुगमनको क्रममा बुधबार कम परिमाणमा पेट्रोल बेच्दै आइरहेका पेट्रोल पम्पमा सिलवन्दी गरिएको छ।

    पृथ्वी राजमार्गस्थित दमौली बजारदेखि आँबुखैरेनीसम्मका सातवटा पेट्रोल पम्पमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा आँबुखैरेनी बजारस्थित मीना आयल स्टोर्सले कम परिमाणमा पेट्रोल बिक्रीवितरण गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। आयल स्टोर्सले पाँच लिटर पेट्रोल बेच्दा मापन गर्दा ७० मिलिलिटर कम पाइएको अनुगमन टोलीले जनाएको छ ।

    गुणस्तर तथा नापतौल कार्यालय पोखराको सहयोगमा गरिएको बजार अनुगमनमा सातवटा पेट्रोल पम्पको अनुगमन गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज कुमार पोखरलेलले जानकारी दिए।

    दमौली बजारको जोशी आयल डिस्ट्रीव्युटर्स, सुगम आयल सप्लायर्स, तनहुँ आयल डिस्ट्रीव्युटर्स रहेका छन् भने डुम्रे बजारको छाव्दी वाराही आयल डिस्ट्रीव्युटर्स र ऋषि आयल स्टोर्श तथा आँबुखैरेनीको अकला देवी ट्रेडर्स र मीना आयल स्टोर्सको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

    सिलबन्दी गरिएको पेट्रोल पम्पको गुणस्तर तथा नापतौल कार्यालय पोखरा र जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा थप अनुसन्धान र कारवाही गरिने अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए।

    गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज कुमार पोखरेल, सोही कार्यालयका निराजन पुडासैनी र गणेश पौडेल रहेका थिए भने जिल्ला प्रशासन कार्यालयका गोविन्द लम्साल र पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यको सहभागिता रहेको अनुगमन गरिएको हो।

    नेपाल सरकारका विभिन्न निकायहरू एवं स्थानीय तहको समन्वयमा बजार अनुगमन निरन्तर भइरहेको र गुनासो र उजुरीका आधारमा अनुगमनलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]