समाज

निष्पक्ष छानविनको माग गर्दै मुक्तकम्लहरीद्वारा प्रदर्शन

असार ६, २०७५

    बाँके : दोषीलाई कारवाहीको माग गर्दै बाँकेका मुक्त कम्लहरीले नेपालगन्जमा प्रदर्शन गरेका छन्। बाँसगढी नगरपालिका–४, अस्नेरी घर भई बढैयाताल गाउँपालिका–७ का दुर्गा भण्डारीको घरमा पाँच वर्षदेखि कम्लहरी बस्दै आएकी ११ वर्षीया अस्मिता थारुको गत २९ जेठमा झुण्डिएको अवस्थामा शव फेला परेपछि हत्या भएको आशंका गरिएको छ।

    घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही गर्न माग गर्दै बाँकेका मुक्त कम्लहरीले बुधवार दिउँसो टन्टलापुर घामको प्रवाह नगरी नेपालगन्जमा प्रदर्शन गरेका हुन्। कम्लहरी राख्नेलाई कारवाही गर, अस्मिता घटनाको निष्पक्ष छानविन गरे, सरकार र मुक्तकम्लहरीबीच भएको १० बुँदे सम्झौता कार्यान्वयन गर जस्ता नारा मुक्तकम्लहरीले लगाएका थिए।

    धम्बोझी चोकबाट सुरु भएको प्रदर्शन बिपी चोक, गणेशमान चोक, चारवाहिनी, भेरी अंचल अस्पताल हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो। मुक्तकम्लहरीले बुधवार नै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

    अस्मिता घटनालाई कमजोर पार्न खोजिए कडा संघर्ष गर्ने चेतावनी उनीहरूले दिएका छन्। सरकार र मुक्त कम्लहरीबीच भएको १० बुँदे सहमति कार्यान्वयन नभएको बताउँदै मुक्तकम्लहरी विकास मंच बाँकेकी अध्यक्ष सीता थारुले कम्लहरी राख्नेलाई कारवाही गर्न नसक्दा हत्या, बलात्कार, यौन दुर्व्यवहारजस्ता घटनाले प्रश्य पाएको बताइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]