समाज

होटलको कोठामा महिला र पुरूष मृत भेटिए

असार ६, २०७५

    भक्तपुर : भक्तपुरको एक होटलमा एक जोडी महिला-पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको सूर्यविनायक नगरपालिका–९, बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा भक्तपुर दरवार स्क्वायर बस्ने ३० वर्षीय जीवन तोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका ८ का २२ वर्षीया मुन्नी तामाङ मृत अवस्थामा फेला परेका हुन्।

    प्रहरीका अनुसार मुन्नी कोठाको खाटमा रगताम्य अवस्थामा मृत फेला परेकी थिइन भने जीवन कोठाको एटेज बाथरुमभित्र नुहाउने सावरमा प्लाष्टिकको कम्मरपेटीले घाँटीमा पासो लगाएर झुण्डिएर मृत अवस्थामा फेला परेका थिए।

    होटल सञ्चालका अनुसार जीवन र मुन्नी मंगलबाट सो होटलमा कोठा बुक गरी बसेका थिए। बुधवार दिउँसोसम्म ढोका पनि नखोलेको र खाना पानी केही पनि अर्डर नआएपछि होटल सञ्चालकले प्रहरी खबर गरेपछि महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली पुगेर ढोका फोडी हेर्दा जीवन र मुन्नी मृत अवस्थामा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले जानकारी दिए।

    कोठामा खानतलासी गर्नेक्रममा सीसाका टुक्राहरू फेला परेको र घटनाको थप अनुसन्धान भइरहेको प्रनि पाण्डेले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]