अर्थ

तयारीकै क्रममा मौद्रिक नीति : सिआरआर घटाइने, सिसिडी यथावत

असार ६, २०७५

    काठमाडौं : नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिका लागि तीब्र तयारीमा जुटेको छ। सरकाले १५ जेठमा ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुर्‍याउने नीतिसहित बजेट आएलगत्तै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गरे तापनि प्रदेश सरकारको बजेटका उद्देश्‍य र प्राथमिकता हरेर राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको हो।

    'अहिले पनि गहन छलफल भइरहेको छ, अर्को साता मात्रै सार्वजनिक हुनसक्छ', राष्ट्र बैंकका एक निर्देशकले भने। ती निदर्शेकका अनुसार राष्ट्र बैंक संचालक समितिका पदेन सदस्य अर्थसचिव चीनबाट फर्किएसँगै मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी भएको छ।

    गभर्नर डा. चिरञ्जीवी नेपालले पनि मौद्रिक नीति छलफलकै क्रममा रहेको बताएका छन्। 'पहिलेजस्तो होइन, संघीयता, संघीय बजेट, प्रदेश बजेट सबै अध्ययन विश्‍लेषण गरेर मात्रै मौद्रिक नीति आउने हो', गभर्नर नेपालले भने। उनले मौद्रिक नीतिका सम्बन्धमा अहिले गहन छलफलमा रहेको बताए।

    कतिपय विषय भने टुंगिसकेको राष्ट्र बैंक स्रोतको दाबी छ। त्यसअनुसार तरलता अनुपातका विषय टुंगोमा पुर्‍याइएको छ। वाणिज्य बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) र अनिवार्य नगद अनुपात (सिआरआर) पनि घटाउने तयारीमा राष्ट्र बैंक रहेको छ।

    राष्ट्र बैंकले गम्भीरताका साथ छलफल गरेको ठूला बैंक मर्जको नीति भने यो वर्ष अघि नबढाइने संभावना रहेको स्रोत बताएको छ। 'ठूला बैंक मर्जको विषयमा केही छलफल नभएको होइन तर यो वर्ष भने मौद्रिक नीतिले मर्जर नीतिलाई प्राथमिकता नदिने संभावना छ', स्रोतले भन्यो। भर्खर मात्रै बैंकहरूको चुक्ता पुँजीको कोर्ष सकिएको कारण पनि तत्काल अघि नबढाउनसमेत राष्ट्र बैंकलाई दबाब छ भने ओरालो लागेको शेयर बजारसमेत यसको प्रभाव देखिने भन्दै ठूला बैंक मर्जर नीतिलाई थाँती राख्न विज्ञहरूले सुझाव दिएका छन्। 'अहिले ठूला बैंकहरू मर्जर गर्नुपर्ने अवस्था छैन, मर्जरमा लैजाँदा पनि सकारात्मक सन्देश दिँदैन', नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले भने।

    त्यस्तै, राष्ट्र बैंकमा अहिले दबाब आएको अर्को विषय बैंकहरूले पुँजी, कर्जा तथा निक्षेप अनुपात (सिसिडी) हटाउने विषय हो। तर राष्ट्र बैंक सिसिडी नहटाउने निर्णय लिइसकेको बताइएको छ। अहिले राष्ट्र बैंकले सिसिडी अनुपात ८० प्रतिशत राखेको छ भने आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यसलाई यथावत राख्ने तयारी भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]