धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : चिनीयाँ प्रधानमन्त्री लि खछ्याङको औपचारिक निमन्त्रणमा छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार चाइना कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिमा रहेको संग्राहलयको अवलोकन गरेका छन्। अवलोकनमा भ्रमणदलका सदस्यहरुको समेत उपस्थिती रहेको थियो।
बुधबार चिनिया राष्ट्रपति सि जिनपिङसंँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले बिहिबार चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने छन्। आजै दुवै प्रधानमन्त्रीबिच केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने समेत बताइएको छ। प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी असार १० गते स्वदेश फिर्ता हुने छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।