समाज : सुरक्षा/अपराध

बोक्सी भगाउन भन्दै बिरामीलाई तातो फलामले डाम्ने पक्राउ

असार ७, २०७५

    रामेछाप : रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१ की बिरामी महिलाको शरीरबाट बोक्सी भगाउन भन्दै तातो फलामले डामेर घाइते बनाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

    पेटको रोगको समस्या भएकी लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँकी २६ वर्षीय सरिता दर्जीलाई बोक्सीले दुःख दिएको भन्दै ती युवाले बोक्सी भगाइदिन्छु भनी तातो फलामले डामेको पीडितको परिवारले बताएको छ।

    बोक्सी निकालेर फालिदिन्छु भन्दै महिलाको गालामा तातो फमामले डाम्ने ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका–२ रगनीका ३५ वर्षिय रविन्द्र नेवारलाई प्रहरीले  पक्राउ गरेको हो।

    सरिताको पारिवारिक स्रोतका अनुसार केही महिनादेखि पेटको रोगबाट ग्रसित सरिताको गाउँमा उपचार गर्दा ठीक नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो। उपचारको लागि काठमाडौं पुगेकी सरिता बास बस्न आफ्नै नन्देभाइ रविन्द्रको कोठामा पुगेकी थिइन्।

    आफ्ना स्वास्थ्य अवस्थाबारे नन्देभाइलाई सुनाएपछि बोक्सी लागेको हुनसक्ने भन्दै सरितालाई अस्पताल नै नपठाई उनले गाउँमै लिएर आएका थिए। गत जेठ २४ गते घरमै धामी बस्दा सरितालाई कुनै रोग शरीरमा नभएको तर वोक्सीले दुःख दिएकाले शरीरबाट बोक्सी भगाइदिने भन्दै सिस्नो पानीले हान्ने र तातो फलामले दाहिने गालामा डामेपछि सरिता बेहोस भएकी थिइन्।

    बिरामी बेहोस भएपछि धामी रविन्द्र फरार थिए। बोक्सी भगाउने भन्दै सिस्नो पानी र तातो फलामले डामेपछि सहन नसकेर असह्य भएकी सरिताले धामी बसेर रोग ठिक पारिदिने भन्दै आफूलाई थप पीडा दिएको भन्दै जिला प्रहरी कार्यालयमा बोक्सी ऐन २०७२ अनुसार उजुरी दर्ता गराएकी थिइन्।

    उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी खटिई धामी रविन्द्रलाई काठमाडौंबाट पक्राउ गएिको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]