काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
काठमाडौं : मुलुकको मौसमबारे पलपलको जानकारी दिने सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले संयुक्त सहकार्यमा बुधबार बेलुन उडायो। त्रिभुवन विश्वविद्यालयको प्रांगणबाट उडाइएका बेलुनहरूको विशेषता भनेको त्यसमा जडान गरिएको सेन्सरले मौसमी विवरण नियमित रुपमा पठाउने जानकारी दिइएको थियो।
जल तथा मौसम विज्ञान विभागले एक विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो। जसमा त्रिविविबाट उडाइएको बेलुन कहाँ झर्यो भन्ने विभागलाई भने जानकारी छैन। विभागले भनेको छ, 'यसरी प्रयोग भइसकेका बेलनु कसलै फेला पार्नु भएमा यस विभागमा पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछ।' विभागले उक्त बेलुनमा टाँसिएको सेन्सरमा नै मौसमसम्बन्धि सम्पूर्ण जानकारी भएकाले आफ्नो विभागमा पुर्याइदिन अनुनय गरेको हो। विभागले लेखेको छ, 'यस सम्बन्धि सूचना उडाइएको उपकरणमा टाँस गरिएको छ। माथिल्लो वायुमणडलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि उपयोगी हुने र पूर्वानुमान अझ भरपर्ने हुने विभागले विश्वास लिएको छ।'
त्रिविविका रजिष्टार डिल्लीराम उप्रती र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बिहान साढे ५ बजे उडाइएको उक्त मौसमी बेलुन १९ किलोमिटर आकाशमा पुगेर सवा ८ बजे सुन्दरीजल आसपासमा खसेको बताइएको छ। उक्त बेलुन अझैसम्म फेला परेको छैन।
तर, विभागले भने यस्ता बेलुन दैनिकजसो उडाइने उल्लेख गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।