खेलकुद : विश्वकप टिम

अस्ट्रेलियाको यस्तो छ खेल्ने शैली

असार ७, २०७५

    अन्य टोलीभन्दा कडा मेहनतका साथ विश्वकपमा छनोट हुने ३१ औं टोली बनेको थियो। छनोटका क्रममा सो टोलीले साउदी अरब, बंगलादेश, ताजकिस्तान, इरान, मलेसिया र होन्डुरुस जाँदा झन्डै दुई लाख ५० हजार किलोमिटर यात्रा गर्‍यो।

    साउदी अरबलाई विश्व कपमा छनोट गराएका बर्ट भ्यान मार्विक अहिले अस्ट्रेलियाको प्रशिक्षक छन्। गत जनवरीमा मात्र उनले सो टोलीको कमान सम्हालेका हुन्। एन्ज पोस्टकोग्लुले सो पद छाडेपछि लामो समयसम्म अस्ट्रेलिया प्रशिक्षककै खोजिमा रुमल्लिएको पनि थियो। प्लेअफमा होन्डुरसलाई हराएर विश्वकपमा छनोट भएपछि पोस्टकोग्लुले टोली छाडेका थिए। कुनै स्टार नाम र उल्लेखनीय खेलाडीको अभावमा अस्ट्रेलियाको ठूलो लक्ष्य दोस्रो चरणसम्म पुग्नु हुनेछ।
    कसरी छनोट : एसियाली समूह बि (तेस्रो चरण) मा तेस्रो भएपछि प्लेअफमा सिरिया र होन्डुरसलाई हराएर
    खेल्ने शैली : ३–४–१–२
    स्टार खेलाडी : एरोन मोय (हडर्सफिल्ड टाउन)
    पच्छाउनुपर्ने खेलाडी : म्याथु लेकी (हर्टा बर्लिन)
    प्रशिक्षक : बर्ट भ्यान मार्विक
    उपाधिको सम्भावना : ३००–१

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]