खेलकुद : विश्वकप टिम

प्रशिक्षक परिवर्तनले खस्कँदो क्रोएसिया

असार ७, २०७५

    सदा झै, क्रोएसियाको खेल छनोट चरणअघि निकै खस्केको थियो। लगातार प्रशिक्षकहरू परिवर्तन भइरहे। जब छनोट चरणको अन्तिम तथा निर्णायक खेलको दुई दिनअघि जाट्को डेलिक प्रशिक्षकका रूपमा नियुक्त भए तथा त्यही नै क्रोयसियाका लागि सही निर्णय सावित भयो। 

    प्लेअफमा ग्रीसलाई हराउँदै क्रोयसिया विश्वकपमा फेरि एक पटक रोमान्चक खेल पस्कन पनि तयार बन्यो। ३२ वर्षीय लुका मोड्रिक मात्र होइन अधिकांश २९ वर्षभन्दा बढी उमेरका खेलाडीले यो विश्वकपमा क्रोयसियाका लागि खेल्दैछन्।

    सन् १९९८ मा तेस्रो बनेको क्रोयसियामा झै अहिले टोली शसक्त भने अवश्य छैन। तर सधैं ‘डार्क हर्स’ का रूपमा हेरिने टोलीबाट अन्य ठूला टोली स्तब्ध नबन्लान् भन्न भने सकिँदैन।

    कसरी छनोट : युरोपेली समूह आइ मा दोस्रो हुँदै प्लेअफमा ग्रीसलाई पराजित गरेको।
    खेल्ने शैली : ४–२–३–१
    स्टार खेलाडी : लुका मोड्रिक (रियल म्याड्रिड)
    पच्छाउनुपर्ने खेलाडी : निकोल भ्लासिक (एभर्टन)
    प्रशिक्षक : जाट्को डेलिक
    उपाधिको सम्भावना : २५–१

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]