काठमाडौं : फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ भइरहेको बेला धेरै खेलप्रेमीहरूको ध्यान यतिखेर रसियामा सबैको ध्यानकेन्द्रित छ। खेलहुने हरेक दिन राती अवेर सम्म बसेर खेल हेर्ने हरेको नेपालीहरुको दैनिकी जस्तै बनेको छ। घररहोस् वा अफिस तथा साथीभाइहरु संग बसेको बेलाहोस् सबै तिर यतिखेर फुटबलकै कुरा हुने गर्छ। आफ्नो मन पर्ने टिम तथा खेलाडीहरुको जर्सी लगाएर मानिसहरु खुलेरै आफ्नो टिम को समर्थन गरेको देख्न सकिन्छ।
रसियामा भएको विश्वकप फुटबलको चर्चा सबै तिर चलिरहेको बेलामा सधैं बिरामीको सेवामा व्यस्त हुने चिकित्सकहरुलाई पनि फुटबलको फिभरले छोइरहेको छ। सधै बिरामी सेवामा रहने चिकित्सकहरु पनि समय मिलाएर खेल हेर्ने बताउदै आएका छन्। यसै सन्दर्भमा विश्वकप मोह तथा आफूलाई मनपर्ने टिमको बारेमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले आफ्नो खेलमोहबारे थाहाखबरसँग यसरी सुनाए :
सानोमा म सारै फुटबल खेल्थेँ। एसएलसी परीक्षा दिनुभन्दा पहिले ९/ १० कक्षासम्म पढ्दा धेरै फुटबल खेल्थेँ। विशेष त म डिफेन्डरको रूपमा रहेर फुटबल खेल्ने गर्थें। पछि पढ्न बाहिर गएपछि फुटबल खेल्नभन्दा हेर्नतिर लागेँ। म लामो समयसम्म बाहिर बसेँ उहाँ बस्दा पनि विश्वकप मात्र हैन युरोकप, युरोपियन च्याम्पियन जस्ता गेमहरू हेर्ने गर्छु। विश्वकप भने म हेर्न छुटाउँदिन। स सम्म समय मिलाएर खेल हेर्ने गर्छु। धेरै समय अस्पतालमा बिरामीसँगै बित्ने भए पनि समय मिलेको बेला गेम हेर्ने गर्छु।
अर्जेन्टिना मन पर्ने टिम
विश्वकपमा भाग लिने केही टिमहरू अर्जेन्टिना, जर्मन,फ्रान्सलगायतको खेल हेर्न पर्याप्त समय मिलाएर हेर्छु। तर, मलाई सबैभन्दा मन पर्ने टिम भनेको आर्जेन्टिना हो।
मैले विश्वकप हेर्न थालेदेखि म अर्जेन्टिनाकै समर्थक छु। अर्जेन्टिनाका टिमबाट खेल खेल्ने हरेक खेलाडीहरू उत्कृष्ट छन्। यति मात्र नभएर उनीहरू धेरै अनुशासित रूपमा खेल खेल्ने गर्छन्। विशेषत मलाई अर्जेन्टिनाका खेलाडीहरूको गोल हाल्ने, खेल खेल्ने शैली मलाई धेरै मनपर्छ। त्यसैले अर्जेन्टिनाको खेल म सकेसम्म छुटाउँदिनँ। तर, अस्पतालमा भएको बेला वा बिरामीलाई हेरिरहेको बेला मिलेको समय फुटबलको बारेमा अपडेट लिन्छु। हुन त मलाई अर्जेन्टिनाबाहेक ब्राजिल, जर्मनको खेल पनि मन पर्छ तर सबैभन्दा मन पर्ने टिम चाहिँ अर्जेन्टिना नै हो।
मनपर्ने खेलाडी
सुरुमा म अर्जेन्टिनी खेलाडी म्याराडोनाको फ्यान हुँ तर अहिले मन पर्ने खेलाडी भनेको लियोनल मेसी हो। मलाई उसको खेल खेल्ने शैली र गोल हान्ने तरिका मलाई एकदमै मनपर्छ। उनी धेरै जोखिम नरही सजिलो तरिकाले उत्कृष्ट खेल खेल्ने गर्छन्। जुन कुरा मलाई एकदम मनपर्छ। त्यसैले लाग्छ मेसीमा फुटबल खेल्ने एक किसिमको जादु नै छ। उनी मात्रै हैन अर्जेन्टिनाबाट खेल खेल्ने अन्य खेलाडीहरू पनि पनि राम्रो लाग्छ। तर, मेसी मात्र हैन अन्य खेलाडीहरू पनि मनपर्छ। मेसीको अर्को मनपर्ने कुरा ऊ एग्रेसिब नभइकन फुटबल खेल्ने गर्छ। यस्तै उनले लामो लामो सर्टभन्दा पनि छोटो-छोटो सर्टबाट खेल खेल्ने गर्छन् जुन मलाई एकदम मनपर्छ।
अर्जेन्टिनाको खेल हेर्न नपाए पनि अपडेट भइरहन्छु
विश्वकपको बेला मिलेसम्म सबै टिमको खेल हेर्ने मनपर्छ। तर, धेरै समयसम्म बिरामीसँगै हुनुपर्ने भएकाले सबै खेल हेर्न पाउँदिनँ। अरू टोलीको गेम छुटे पनि सकेसम्म अर्जेन्टिनाको खेल नछुटोस् भन्ने लाग्छ। अस्पतालमा भएको बेला वा बिरामीलाई हेरिरहेका वेला गेम हेर्न मिल्दैन। हेर्न नभ्याए पनि समय-समय फुटबलको बारेमा अपडेट भइरहेको हुन्छु। बेलुकी आठ बजेपछिको गेम छ। भने रातभर बसेरै भए पनि हर्ने बानी छ। अर्जेन्टिनाको खेल हर्न मिलेन भने अन्य माध्यमबाट अपडेट हुने गर्छु।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।