समाज

धरहरा निर्माणका लागि छ कम्पनीको आवेदन

असार ७, २०७५

    काठमाडौं : धरहरा निर्माणका लागि छवटा नेपाली निर्माण कम्पनीले आवेदन दिएका छन्। पुर्ननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको इ-टेण्डरमा छवटा नेपाली कम्पनीले आवेदन दिएका हुन्।

    त्यसैगरी छवटै चिनियाँ कम्पनीको पनि आदेवन परेको छ। नेपाली र चिनियाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरी ६/६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण , सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिए।

    आवेदन दिएका सबै कम्पनीको मूल्यांकनपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएर एकसातापछि इ-टेण्टर खोलिने पनि उनले जानकारी दिए।

    लिफ्टसहितको २२ तले धरहरा बनाउनका लागि प्राधिकरणले आव्हान गरेको इ-टेण्डरको समय बिहीबार सकिएको छ। रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रूपमा दरखास्त हालेका छन्।

    त्यसैगरी आशिष निर्माण , रमण र ब्राउन लगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन्। प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि शिलन्यास गर्ने गरि द्रुत गतिमा काम अघि बढाइएको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]