समाज

करेन्ट लागेर एक युवकको मृत्यु

असार ७, २०७५

    जनकपुरधाम :  धनुषाको औरही गाउँपालिकामा बिहीबार दिउँसो ११ हजार भोल्टको करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ। धनुषाको औरही गाउँपालिका-२ का १८ वर्षीय नहिम साफीको करेन्ट लागेर मृत्यु भएको हो।

    औरही गाउँपालिका-३ स्थित सुर्काहा खोलाको पुलबाट फलामको छडले खोलाबाट जलकुम्भी तान्दै गरेको बेला माथि जडान भएको ११ हजार भोल्टको विद्युतको तारमा सर्ट भएर करेन्ट लागेको धनुषा प्रहरीले जनाएको छ।

    साफीको घटना स्थलमै मृत्यु भएको र उनको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धुनषाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]