राजनीति

नेकपा सचिवालय बैठक : पूर्वाधार निर्माण सम्झौताको स्वागत

असार ७, २०७५

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका पूर्वाधार निर्माणसम्बन्धी सम्झौताको स्वागत गरेको छ।

    बिहीबार साँझ पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको रेल विस्तारलगायत पूर्वाधार विकासमा दुईपक्षीय सम्झौता हुनु सुखद भएको भन्दै त्यसलाई स्वागत गरेको हो।

    पार्टी कार्यवहाक अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सहमति सम्झौताबारे बैठकलाई जानकारी गराउनुको साथै समसामयिक विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    चीन भमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खस्याङबीच बिहीबार केरुङ हुँदै काठमाडौं आउने इलेक्ट्रिक कार्गो रेल संञ्चालनलगायत विषयमा १० बुँदे सहमति र ४ बुँदे समझदारी भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]