समाज : सुरक्षा/अपराध

नक्कली आमा बनाएर नागरिकता बनाइदिने वडाध्यक्ष र सचिव पक्राउ

असार ७, २०७५

    सिन्धुपाल्चोक : सुनसरीकी एक महिलालाई नागरिकता बनाइदिने चौतारा साँगाचोकगढी नगरपालिका १ का वडाध्यक्ष सानुकान्छा श्रेष्ठ र वडा सचिव राजकुमार श्रेष्ठ पक्राउ परेका छन्। नक्कली आमा बनाएर चौतारा साँगाचोकगढी स्याउलेबाट नागरिकता दिलाएको खुल्न आएपछि बिहीबार साँझ दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहन पोखरेलले जानकारी दिए। 

     ‘नागरिकता लिने महिलाको नाम काल्पनिक समेत हुन सक्छ,’ एसपी पोखरेलले भने, ‘नक्कली आमा बन्ने महिला पनि पक्राउ गरिसकिएको छ। किन र कसरी यस्तो प्रकृतिको नागरिकता सिफारिस भएको रहेछ। त्यसबारेमा अनुसन्धान सुरु भइसकेको छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]