समाज

राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनालाई निर्देशन

असार ८, २०७५

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेकी छन्। 

    बिहिबार साँझ जंगी अड्डा भद्रकालीमा पुगेर राष्ट्रपति भण्डारीले नेपाली सेनाले गरेको कार्यको प्रशंसा समेत गरिन। उनले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदा झैं सम्पन्न गर्न निर्देशनसमेत दिइन। 

    त्यस्तै कामु प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा नेपाल सरकार सदैव सकारात्मक रहेको बताए। 

    कार्यक्रममा प्रधानसेनापती राजेन्द्र क्षत्रीले नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्वपूर्ण रही आएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्वोपरि राखी कार्य गर्दै आईरहेको बताए।  उक्त कार्यक्रममा राष्ट्रपति कार्यालय तथा रक्षामन्त्रालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो। संविधानत राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुन । साथै राष्ट्रपति भण्डारीले पहिले मन्त्री पदमा रहदा रक्षा मन्त्रालयको कार्यभार सम्हालेकि थिइन ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]