समाज : सुरक्षा/अपराध

सार्वजनिक यातायातमा सिट क्षमता टास्न शुरु

असार ८, २०७५

    लमजुङ : लमजुङका सार्वजनिक सवारी साधनमा सिट क्षमता टास्न शुरु गरिएको छ। ट्राफिक प्रहरीले ट्राफिक सचेतना साप्ताहिक कार्यक्रम अन्र्तगत उक्त कार्य सुरु गरेको हो। ट्राफिक प्रहरीले यातायात ब्यवसायीलाई सवारी साधनको बाहिरपट्टी सबैले देख्ने ठाउँमा सवारी साधनको अगाडिपट्टी र भित्र यात्रुले देख्ने ठाउँमा सिट क्षमता टासेको छ। 

    बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख निरबहादुर अधिकरीले माइक्रोबसमा सिट क्षमता टासेर उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्। उक्त अभियानमा कालिका यातयात व्यवसायी समितीका सचिव मृगेन्द्र घिमीरेले समेत सिट क्षतमा टासेका थिए। प्रहरीले  बिहीबार ९० वटा लामो दुरीका सवारी साधनको सिट क्षमता टास्नुका साथै अपाङग आरक्षण १ सिट, महिला आरक्षण २ सिट र जेष्ठ नागरिक १ सिट भन्ने सिट क्षमता टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए। प्रहरीले  लमजुङ कालिका बस व्यवसायी समितिको बस काउन्टर बेसीशहरको झिङ्गेखोला र पृथ्वी राजमार्ग बस संचालक समितिको काउन्टर बेसीशहर शेरामा सवारी साधन रोकेर सिट क्षमता टासेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी जवान अच्युत विष्टले बताए।

    जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक प्रहरीले जिल्लाभित्र र बाहिर चल्ने सवै यात्रुबहाक गाडीमा ब्लुबुकको आधारमा सिट क्षमता टास्न लागेको हो। सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गाडीलाई कारवाही गरिने समेत ट्राफिक प्रहरीले जनाएको छ। यात्रुवाहक सवारी साधनका हकमा यो नियम लागू भएपछि मालवाहक गाडीलाई पनि नियम कार्यान्वयन गराइने ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनलाई भाडादर यात्रुले देख्ने गरि टाँस्न पनि भनेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]