समाज

रुकुमकोटमा बस दुर्घटना, नाै जना घाइते

असार ८, २०७५

    रुकुम  : रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा शुक्रबार बिहान बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउँमा सडकबाट तल खसेको हो।

    जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिवाकर रिजालले घाइतेहरूको उपचार जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा भइरहेको जानकारी दिए। उनका अनुसार तीन जना गम्भीर घाइते छन्।

    घाइतेहरूलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको टोली र स्थानीयहरुले उद्धार गरेका थिए। प्रहरीका अनुसार गाडीमा १५ जना यात्रु सवार थिए। 

    तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। प्रहरीले बस चालक दाङ तुल्सीपुर–११ तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]