खेलकुद : विश्वकप फुटबल २०१८

धान्नै नसक्ने गरी बढ्यो वियरको माग

असार ८, २०७५

    विश्वकप फुटबलको महाकुम्भ चलिरहेको छ। धेरैलाई आफ्नो टिमका अवस्था के होला कुन टिमले जित्ला भन्ने चुनौती रहँदा आयोजकलाई भने अचे अर्कै तनावले छोपेको छ।

    ३२ राष्ट्रका पाहुना, पर्यटक तथा समर्थकहरूको सुरक्षादेखि रेखदेख जिम्माको दायित्व मात्र आयोजकको छैन्। उनीहरुको मागलाई सम्बोधन गर्नु पर्ने जिम्मेवारीपनि उतीकै छ। आयोजक अहिले ठूलो भन्दा स–सानो समस्याले तनावमा पुगेको छ यतिबेलो लाखौँ संख्यामा रसियामा रहेका समर्थकको पहिलो रोजाई नै स्थानीय वियर भएपछि स्थानिय वियरको अभाव उत्कर्षमा पुगेको छ।

    रसियाको वियर स्वाद अन्य क्षेत्रको भन्दा फरक भएकाले समर्थकहरुले २४ घन्टा नै यसैमा मस्त भएपछि आयोजकलाई वियर पुर्याउन हम्मे हम्मे परीरहेको छ।
    मस्कोका रेस्टुरेन्टहरुले बियर पिउने व्यक्तिहरुलाई थेग्न सकिरहेका छैनन्। वियरको बोतल थपिएसँगै होहल्ला पनि बढ्ने भएपछि दिंदानी तनाव र नदिंदा पनि तनावको अवस्था आयोजकहरु रहेका छन्।

    फुटबल समर्थकहरुले खाएको वियरको बोतल सडकमा जथाभावी फयांक्दा पनि मस्को सहर फोहर हुन लागेको आयोजकको भनाइ छ । वियरको खपत रोक्न र समर्थकहरुलाई नियन्त्रणमा कसरी राख्ने भन्ने विषयमा आयोजकका पदाधिकारीहरुको टाउको दुखाइ बनिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]