साहित्य

भानुजयन्तीमा ‘हिमवतखण्ड कला साहित्य सम्मेलन’ हुने

असार ८, २०७५

    काठमाडौं : दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवतखण्ड कला साहित्य सम्मेलन’ हुने भएको छ।

    असार २९, ३० र ३१ गते हुने पहिलो सम्मेलनमा २२औँ शताब्दीमा ‘नेपाली भाषाको वर्तमान अवस्था र यसको महत्त्व’, ‘नेपालका भाषाहरूको साहित्यिक अवस्था र समृद्धिको यात्रा’, ‘भारत तथा म्यानमारको नेपाली समाजमा भानुभक्तलाई हेर्ने दृष्टिकोण’ र  ‘राष्ट्र, राष्ट्रियता र नेपाली कला साहित्य’ विषयका कार्यपत्रसहित छलफल हुनेछ। सम्मेलनमा बहुसांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम, बहुभाषिक कविगोष्ठी र  हास्यव्यङ्ग्य साँझ हुनेछन्।

    तीनदिने कार्यक्रमअन्तर्गत असार ३० गते चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला तथा ‘चन्द्रागिरिबाट समृद्धिको स्वर’ शीर्षकमा काव्यगोष्ठी पनि हुनेछ।

    प्राडा राजेन्द्र सुवेदीको संयोजकत्वमा २०५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिका सहसंयोजकमा प्रा डा बद्रीविशाल पोखरेल, तथा सदस्यमा  डा  विजय सुब्बा, प्राडा कृष्णप्रसाद घिमिरे, डा विन्दु शर्मा, यशोदा अधिकारी, अनिल पौडेल, अशोक राई, श्याम रिमाल,  दिनेश डिसी, देवी घिमिरे डा पुष्करराज

    भट्ट, फूलमान बल, श्याम सापकोटा, देशभक्त खनाल, प्रेमनाथ अधिकारी, युवराज बाँस्कोटा, शान्ता मानवी, वासुदेव अधिकारी, दयालबहादुर शाही, राम विनय र  आरएम डंगोल तथा सदस्य सचिवमा डा. देवी नेपाल र कार्यालय सचिवमा जयन्ता पोखरेल र  हरिप्रसाद भण्डारी हुनुहुन्छ। समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मार, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदिको सहभागिता रहनेछ।

    प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बा, महासचिव डा देवी नेपाल र प्रा बद्रीविशाल पोखरेलले प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ अवधारणा लिएर विभिन्न कार्यक्रम गरेको र आगामी दिनमा नियमित रूपमा गरिरहने जानकारी दिए। सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष प्राडा कृष्णप्रसाद घिमिरे तथा सल्लाहकार प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा भिक्टर प्रधान, शान्ता मानवी, दयालबहादुर शाही आदिको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]