राजनीति

संसदको शून्य समय : गाउँपालिकामा सुरक्षा चौकी स्थापना होस्, कामचोर ठेकेदारलाई कारबाही

असार ८, २०७५

    काठमाडौं : प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले स्थानीय तहमा स्थापना गरिएका वित्तीय संस्थाहरूको सुरक्षादेखि निर्माण कार्यमा ठेकेकदारहरूले गरेको ढिलाइबारे आवाज उठाएका छन्।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेकपाका र प्रतिपक्षी दलका सांसदहरूले शून्य समयमा जनचासो तथा आफ्ना निर्वाचन क्षेत्रका मुद्दा उठाएका छन्। शून्य समयमा उठाएका प्रश्नहरूको सरकारका मन्त्रीले अनिवार्य जवाफ दिनुपर्ने भएकाले यो समयमा उठाएका प्रश्नहरू महत्वपूर्ण हुने गर्छन्।

    पढ्नुहोस् कुन सांसदले शून्य समयमा के भने:

    भानुभक्त ढकाल

    ४० वर्षदेखि थाति रहेको सुकुम्बासी समस्या अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने ढकालको भनाइ थियो। उनले जमिन भएकाहरूका नाममा लालपूर्जा र नभएकाहरूका नाममा पनि लालपूर्जा दिएर दोहोरो लालपूर्जा दिइएकाले यो व्यवस्था चाँडै अन्त्य गर्न माग गरेका छन्।

    मिना सुब्बा

    धरान उपमहानगरपालिका सामाजिक सेवाका आधारमा स्वास्थ्य बिमा गरिएको र केही महिना त्यसका आधारमा निशुल्क उपचार र औषधी वितरण गरिएको तर पछिल्लो चार महिना यता सबै औषधी बन्द गरिएकाले उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।

    मैनाकुमारी भण्डारी

    गुल्मी जिल्ला क्षेत्र नम्बर १ 'क' मा ४८ सालयता कुनै पनि सरकारी योजना नपरेको कुरा उनले संसदमा उठाएकी छन्। उनले उक्त क्षेत्रमा सरकारी योजनाका नाममा झोलुंगे पुल मात्रै पुगेको र मन्त्रालयबाट जाने कुनैपनि योजना नपरेको भन्दै आवाज उठाएकी छन्।

    यज्ञराज सुनुवार

    नेकपाका सांसद सुनुवारले कामचोर ठेकेदारहरूविरुद्ध सरकारले चालेको कदमको प्रसंसा गरेका थिए। तर उनले आफ्नो क्षेत्रमा भने ठेकेदारहरूले काम ढिलो गरिरहेको भन्दै गुनासो गरे। उनले ओखलढुंगाको खुर्कोट क्षेत्रमा तीन पुलहरू ६ महिनामा एक डण्डी थपेर काम ठेकेदारहरूको काम अगाडि बढिरहेको बताए।

    त्यस्तै उनले ओखलढुंगा जिल्लाका स्थानीय तहमा बैंकहरू पुगेको तर सुरक्षा खतरा रहेकोले प्रहरी चौकी स्थापना गरिदिन माग गरेका छन्।

    यसोदा गुरुङ सुवेदी

    उनले स्थानीय तहका वडा सदस्यमा १७५ महिला कोटाबाट निर्वाचित नभएका बताएकी छन्। उनले त्यस्ता कोटामा दलित महिला सदस्यलाई पनि गणना गरेर कोटा पुर्‍याएको भन्दै नियम कानुनको उलंघन भएको बताइन्।

    योगेशकुमार भट्टराई

    गाउँपालिका र नगरपालिका केन्द्रबाट प्रशासनिक काम सुरु भइसकेका छन्। सुरक्षा कमजोरीले ताप्लेजुङका तीन स्थानीय तहमा वित्तीय संस्थाहरू जान मानिरहेका छैनन्। त्यसैले सुरक्षा पोष्ट राख्न सरकारको ध्यानाकर्षण गराउदछु।

    रंगमती शाही

    उनले कर्णाली क्षेत्रमा जाने जहाजमा हवाइ भाडामा भएको वृद्धिका लागि जनता आन्दोलित भएको बताइन्। उनले सरकारले रगत नबगुन्जेसम्म नसुन्ने  हो भने त्यसका लागि पनि कर्णालीका बासिन्दा तयार रहेको भन्दै हवाइ भाडा घटाउन माग गरेकी थिइन्।

    राजेन्द्रप्रसाद गौतम

    संखुवासभा र तेह्रथुम जिल्लाको बीचमा पर्ने राष्ट्रिय गौरवको सडकमा गाडी गुड्न अत्यन्तै गाह्रो भयो। हेमा नदीमा पुल तीन वर्ष भयो निर्माणको गति पटक्कै अगाडि बढेको छैन। सभापोखरी गाउँपालिकाको स्वास्थ्यचौकी भुँइचालोले ध्वस्त भएको छ। कहिले बन्छ जानकारी पाउँ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]