अर्थ

'दुखी नेपाली, मूल्य वृद्धि नेपाल!'

असार ८, २०७५

    काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारले सुखी नेपाली समृद्ध नेपालको सरकारको प्राथमिकता रहेको बताइरहदा कांग्रेस सांसदले सरकारको नारालार्इ व्यङ्ग्य गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको शुन्य समयको बैठकमा बोल्दै कांग्रेस सांसले व्यङग्य गर्दै 'दुखी नेपाली, मूल्य वृद्धि नेपालको' काम सरकाबाट भएको आरोप लगाए।  
    कांग्रेस सांसद प्रकाश रसाइलीले सरकारले मूल्य नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानकर्षण गराए। ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने सरकारी नारालाई ‘दुखी' नेपाली मूल्य वृद्धि नेपाल’को नाराले गिज्याइरहेको बताएका हुन्।

    'सडकमा आवाज उठ्न थालिसकेको छ, दुखी नेपाली मूल्य वृद्धि नेपाल' जनताले भनिरहेका छन्' सांसद रसाइलीले भने। उनले दिनदिनै मूल्य बढिरहदा पनि सरकारको प्राथमिकतमा मूल्य नियन्त्रण नपरेको गुनासो गरे।

    मूल्य वृद्धिको विषयमा आवज उठाउँदा सरकाले दमन गरेको भन्दै उनले विरोध समेत जाएका छन्। ‘मूल्यवृद्धि भयो भनेर सडकमा आएका राजनीतिक दलका कार्यकर्तालाई गृहमन्त्रीको निर्देशनमा दमन गरियो। पार्टी कार्यालयमा तोडफोड भयो,’ रसाइलीले भने। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]