काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले मूल्यवृद्धि र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।
विशेष समयमा बोल्दै सांसदहरूले त्यस्तो माग गरेका हुन्।
सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यस्को प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र यसै विषयमा सडकमा आवाज उठाउने विद्यार्थी संगठनका मागको सम्बोधन नगरिएकामा आपत्ति पनि जनाएका थिए।
सांसद शान्ता चौधरीले कमलरी प्रथाको अझै पनि अत्य हुन नसकेको र अहिले पनि करिब १०० महिला कमलहरीका रुपमा काम गर्न बाध्य भएको र यसै क्रममा ११ वर्षीया अस्मिता थारुको हत्या सम्बन्धी घटनामा छानबिन गर्न आग्रह गरेकी थिइन्।
उनले आत्महत्या भनिएको सो घटनामा बालिकाको दुवै हातमा खिल गाडिएको र शरीरभर निलडाम भएकाले सो घटना आत्महत्या नभइ हत्या गरिएको आशंका भएकाले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।