काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : रियल जोडीको कथामा निर्माण भएको फिल्म ‘बेबी’को ट्रेलर रिलिज भएको छ। शुक्रबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स र पीडालाई प्रस्तुत गरिएको छ।
उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा निर्माण भएको फिल्मललाई मिलन चाम्सले निर्देशन गरेका छन्। फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुवी राणा, देशभक्त खनाल, रश्मि भट्ट, सुरवीर पण्डित, रवि गिरी, इलियास थापा, वाल्दीप गिरी, शिशिर राणा, बादल भट्ट र पूर्णिमा लामालगायतको अभिनय रहेको छ।
असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्मको पटकथा नरेश भट्टराई र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। नवराज कृष्ण थापाले खिचेको फिल्मलाई वनीष शाहले सम्पादन गरेका छन्।
हेर्नुहोस् ट्रेलर :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।