राजनीति

प्रधानमन्त्री पुगे ल्हासा, पोताला दरबार अवलोकन गर्ने

File Photo
असार ८, २०७५

    ल्हासा : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट शुक्रबार ल्हासा पुगेका छन्।

    चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गरेका थिए।

    प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तक्रिया गर्नुका साथै पोताला दरबार र जोखाङ मन्दिर अवलोकन तथा कृषि परियोजना निरीक्षणलगायत कार्यक्रममा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    चीनको राजधानी बेइजिङमा बिहीबार द्विपक्षीय हित र चासोका विभिन्न सम्झौतापछि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ल्हासा आइपुगेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]