समूह ‘डी’ को पहिलो खेलमा अर्जेन्टिनालाई सनसनिपूर्ण बराबरीमा रोकेको आइसल्यानड समूहको दोस्रो खेलमा सोही नतिजालाई कायम राख्ने ध्याउनमा हुनेछ। आज राति ८:४५ बजे हुने खेल दुवै टिमका लागि महत्वपूर्ण हुनेछ। प्रतियोगिताको दोस्रो खेलमा क्रोएसियासँग अर्जेन्टिना पराजित भएपछि अर्जेन्टिनाको अघिल्लो चरणको आस अब नाइजेरिया र आइसल्यान्डबीचको खेलमा टिकेको छ।
नाइजेरियाले आइसल्यान्डलाई पराजित गरे अर्जेन्टिनाको सम्भावना कायमै रहनेछ। बराबरीले पनि अर्जेन्टिनालाई फाइदा हुनेछ। तर, नाइजेरिया पराजित भएमा भने अर्जेन्टिनालाई थप कठिन हुनेछ। क्रोएसियाविरुद्ध २-० ले पराजित भएकाले नाइजेरियाका लािग अघिल्लो चरणको सम्भावनालाई कायमै राख्न निर्विकल्प जित आवश्यक रहेको छ। नाइजेरिया र आइसल्यान्डबीचको खेलमा सबैको नजर फेरि एकपटक आइसल्यान्डको खेलमा पर्नेछ। साविक विश्व उपविजेता अर्जेन्टिनाविरुद्ध साहसिक प्रदर्शन गरेको आइसल्यान्ड जारी विश्वकपमा पहिलोपटक सहभागी टिम हो।
संसारको सर्वाधिक थोरै जनसंख्याको प्रतिनिधित्व गर्दै रसिया पुगेको आइसल्यान्ड आफ्नो पहिलो सहभागिता नै अविश्मरणीय बनाउने ध्याउन्नमा हुनेछ । यी दुई टिमबीच यसअघि १९८१ मा पहिलोपटक प्रतिस्पर्धा भएको थियो। मैत्रिपूर्ण खेलमा आइसल्यान्ड ३-० ले विजयी भएको थियो। त्यसैले पुन एकपटक नाइजेरियाविरुद्ध हाबी हुने प्रयासमा आइसल्यान्ड रहनेछ।
नाइजेरिया पछिल्ला पाँच खेलमा जितविहीन रहेको छ। अबको एक हारले उसलाई विश्वकप बाहिर पुर्याउनेछ। त्यसैले नाइजेरिया अब आइसल्यान्डविरुद्ध कुनै पनि हालतमा जित निकाल्ने आशामा रहनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।