समाज

सरकारको प्राथमिकतामा परेन किमाथांका जोगवनी सडक

असार ८, २०७५

    संखुवासभा : जिल्लाको उत्तरी क्षेत्रसँग सिमाना जोडिएको प्रदेश एकमा पर्ने त्रिदेशीय लिंकरोड किमाथांका जोगवनी सडक सरकारको प्राथमिकता नपर्नु दुखद भएको स्थानीयको भनाइ छ। मुख्य व्यापारिक मार्गको रूपमा रहेको नेपालको सबैभन्दा छोटो दूरीको जोगवनी-किमाथांका त्रिदेशीय लिंकरोड २०७० सालमा निर्माण कार्य थालिए पनि तीव्र रूपमा काम अघि बढ्न सकेको छैन। 

    राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरे पनि त्यसलाई प्रदेश १ सरकारले समेत प्राथमिकतामा राख्न सकेन। असार १ मा भएको प्रदेशको बजेट भाषणमा प्रयाप्त बजेट नभएको भन्दै राष्ट्रिय गौरवको आयोजना सञ्‍चालन गर्ने संघीय सरकारलाई ध्यानआकर्षण गराउने १३९ बुँदामा उल्लेख गरेको छ। 

    विराटनगरबाट किमाथांका दूरी ३६२ किलोमिटर रहेको छ। यो सडकले छिमेकी दुई मुलुकलाई जोडिएपछि व्यापारिक तथा औद्योगिक रूपमा संखुवासभालाई मात्र होइन सिंगो देशलाई नै सबल र मजबुत बनाउने व्यापारी श्यामसुन्दर उदयले बताए। जेठ १९ मा चीनसँग सीमा जोडिएको किमाथांका नाकाको निरीक्षण गर्ने गृहमन्त्री रामबहादुर थापा किमाथांका पुगेका थिए। उनले त्यस क्रममा किमाथांका जोगवनी सडक निर्माण कार्यमा आफ्नो ध्यानआकर्षण भएको बताएका थिए। नाका चाँडै सञ्‍चालन भए प्रदेश १ को मात्र नभई समग्र देश नै विकासको फड्को मार्नेमा आशावादी रहेको गृहमन्त्री थापाको भनाइ थियो। 

    हाल किमाथांकाबाट १४ किलोमिटरमा पर्ने ढुंगे गुप्तामा निर्माण कार्य रोकिएको छ। स्थानीयवाासीको विवादले बेला बेलामा महिनौँसम्म पनि काम रोकिने गरेको छ। सदरमुकाम खाँदबारी र हटियाबाट खनिएको सडकखण्ड भने नियमित काम भइरहेको छ। द्रूत गतिमा काम भए दुई वर्षभित्र किमाथांका-जोगवनी जोडिने आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए। स्थानीयले अवरोध गरेपछि ठेकेदारले काम गर्न छाड्छन्। किमाथांकामा यही विवाद देखिएपछि त्यहाँबाट खनिएको सडकको काम १४ किमीमा पर्ने ढुंगे गोप्तामा रोकिएको हो। 

    निर्माण कार्य अपेक्षाअनुरूप अघि बढ्न नसकेको स्थानीयले गुनासो गरेका छन्। खाँदबारी-किमाथांका १६२ किमी ट्रयाक निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी पाएको उत्तर-दक्षिण कोसी सडकले पाएको छ। खाँदबारी हुँदै हटियाको स्याक्सिलासम्म ७८ किमी कच्ची सडक पुगिसकेको छ। सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला वरुण दोभानसम्म साना सवारीसाधन र ट्याक्टर चलेकाले दुर्गम भोटखोला बासिन्दालाई थौरै भए पनि राहतको अनुभूति गर्ने पाएका छन्।

    पहिले तीन दिन लगाएर सदरममुकाम खाँदबारीबाट पुग्ने उनीहरू अहिले गाडीमा १२ घण्टामै पुग्ने गरेका छन्। त्रिदेशीय लिंक रोड (भारत, नेपाल र चीन) को रूपमा २०७० सालमा निर्माण कार्य थालिएको यो सडक २०७६ मा सम्पन्न गर्नुपर्नेछ। भारत-चीन जोड्ने जोगवनी किमाथांका कोशी राजमार्ग छोटो दूरी र सहज मार्ग मानिए पनि निर्माण कार्यले गति लिन नसक्दा निर्माण कार्यको अवधि लम्बिँदै गएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]