राजनीति

सरकारविरुद्ध नेविसंघको प्रदर्शन जारी

असार ८, २०७५

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ।

    नेपाल विद्यार्थी संघले शुक्रबार अपरान्ह नेपाल आयल निगमको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा रहेका निगम कार्यालयको मूल गेटमा धर्ना दिँदै मूल्यवृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको हो।

    निगमको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित धर्ना कार्यक्रमको नेतृत्व गरेका संघका उपाध्यक्ष पुष्पविक्रम शाहीले जनताको दैनिक उपभोग्य वस्तुमा बढाइएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए। धर्ना कार्यक्रममा सहभागी भएका विद्यार्थीले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए।

    संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि एकमुष्ट रूपमा फिर्ता गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन्। पेट्रोलियम पदार्थमा पछिल्लो पटक मूल्यवृद्धि गरेलगत्तै संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]