काठमाडौँ : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तरराष्ट्रिय अर्थशास्त्र सम्मेलन आज (बिहीवार) शुरु भएको छ। ‘फर्स्ट इन्टरनेशनल कन्फरेन्स अ...
काठमाडौं : नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रले ११ केभी प्रसारण लाइनको मर्मतसम्भारका लागि ठमेल लगायतका क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो।
त्यस फिडरबाट विद्युत आपूर्ति भइरहेका लैनजौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो,हिटी पोखरी, जय नेपाल हल, हात्तिसार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ।
यसैगरी, नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।