स्वास्थ्य

समृद्ध मुलुक बनाउन स्वास्थ्यमा प्राथमिकता : मन्त्री थापा

असार ८, २०७५

    पर्वत : महिला बालबालिका तथा ज्येष्ठ  नागरिकमन्त्री थममाया थापाले नेपाललाई समृद्ध मुलक बनाउन सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताएकी छिन्।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाखरेबगरमा शुक्रबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री थापाले समृद्ध देश निर्माणका लागि सरकारले नागरीकको स्वास्थ्यमा प्राथमिकता दिएको उल्लेख गरिन्। दुर्गम तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य उपचार सेवामा सरकारले विभिन्न पहल थालेको बताउँदै मन्त्री थापाले नीति तथा कार्यक्रम र बजेटबाट ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरेको जानकारी गराइन्।

    मन्त्री थापाले महिलाको आयआर्जन वृद्धिका लागि मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्न २९ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउँदै कृषि, पर्यटन, पशुपालन र लघुउद्यमको विकास गरी महिला तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]