समाज : सुरक्षा/अपराध

टुरिष्ट गाइडको नक्कली प्रमाणपत्र, छजना पक्राउ

असार ८, २०७५

    काठमाडौं : नेपाल आउने विदेशी पर्यटकलाई पथ प्रदर्शन गराउने (गाइड)को रूपमा काम गर्ने व्यक्तिको अनुमतिपत्रसमेत नक्कली भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले त्यस्ता छजना नक्कली गाइडलाई पक्राउ गरेसँगै गाइड गर्न अनुमति लिएका व्यक्तिले पेस गरेको प्रमाणपत्र नक्कली हुने गरेको सार्वजनिक भएको हो। 

    पक्राउ पर्नेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा स्नातक तहको परीक्षा उत्तीर्ण गरी चिनियाँ भाषाको पर्यटक पथ प्रदर्शकको अनुमति लिएको देखाएर काम गर्दै आएका थिए। तर, उनीहरूले नाथममा पढ्दै नपढेको खुलेको छ। नाथममा नपढीकन त्यस्तो अनुमति पत्र नपाइने सिआइबीले जनाएको छ।

    पक्राउ पर्नेमा काठमाडौं सामाखुशीका-२६ का अनिल महर्जन, जमल-१ का रमेश महर्जन, ललितपुर सुन्धारा-७ का राजिप महर्जन, ललितपुर-२६ सुनाकोठीका अमृत डंगोल, भक्तपुर-१० का किशोर चौगुठी, भक्तपुर-५ कटुन्जेका माधव चालिसे रहेका छन्। उनीहरूलाई सिआइबीले शुक्रबार प्रदर्शनीमार्गस्थित पर्यटन विभागको परिसरबाट पक्राउ गरेको हो।

    उनीहरूविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका प्रहरी उपरीक्षक (एसपी) कृष्णहरी शर्माले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]