राजनीति

बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत

समृद्ध बुटवल, सुखी बुटवलवासीको संकल्प

असार ८, २०७५

    बुटवल : शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई प्राथमिकतामा राख्दै बुटवल उप–महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरको शुक्रबार सुरु भएको नगरसभामा सुन्दर बुटवल, समृद्ध बुटवल र सुखी बुटवलवासीको संकल्प गर्दै नगर प्रमुख शिवराज सुवेदीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरे।

    शुक्रबारको नगरसभामा प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष सम्बोधन गरेका थिए। त्यसक्रममा उनले जनतालाई साथमा लिएर विधि र प्रक्रिया पूरा गर्दै सुशासन कायम गराउन सुझाव दिए।

    ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालीन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाहरूको विकासलाई प्राथमिकतामा राखिएको छ।

    जनस्वास्थ्य प्रवर्द्धनसम्बन्धी नीतिअन्तर्गत नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ भने मोतिपुर र सेमलारका स्वास्थ्य चौकीमा १५ शैयाका अस्पतालका रूपमा विकास गर्ने नीति लिइएको छ। मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी तथा नतिजामुखी सुधारका लागि उपप्रमुख गर्भवती भेट अभियान सञ्चालन गरिने भएको छ।

    यस्तै स्वास्थ्य स्वयमसेविका मार्फत सबै घरधुरीमा नागरिकसँग जनप्रतिनिधि अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ। छिमेकी स्थानीय सरकारहरुसँग प्राकृतिक स्रोत, छाडा चौपाया सरसफाई व्यवस्थापन, बारुणयन्त्र सञ्चालनलगायत कामका लागि समन्वय र सहकार्य गर्दै महानगरीय अवधारणाका साथ अगाडि बढ्ने नीति लिइएको छ। 

    बुटवललाई विषादीरहीत खाद्य वस्तु उपलब्ध हुने शहरका रूपमा स्थापित गराउने, एक घर एक करेसाबारी कार्यक्रम, कौशी तरकारी खेती कार्यक्रमलाई निरन्तरता जस्ता कार्यक्रम पनि समेटिएका छन्।

    नगरपालिकाद्वारा सञ्चालन गरिने सबै किसिमका विकास आयोजनाहरुमा नेपाली मात्र कामदार श्रमिक प्रयोग गरी समयसीमामा सम्पन्न गर्ने उपभोक्ता÷निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने नीति बनाउन लागेको छ।

    पार्किङको समस्या समाधानका लागि उपमहानगरले दीर्घकालिन योजना बनाउन लागेको छ। निर्माण यस्का लागि बढि भिडभाड हुने क्षेत्रलाई लक्षित गरेर अन्डरग्राउडसहितका व्यवसायिक पार्किङ भवनहरु बनाउन अध्ययन गरिने भएको छ।

    सार्वजानिक–नीजि–सहकारी साझेदारी मार्फत पार्किङ हाउस बनाउन अध्यय्न सुरु गर्ने उपमहानगरको तयारी छ। साथै एक हजार स्कायरफिट भन्दा धेरै क्षेत्रफल ओगटेर पार्किङसहितका नयाँ भवन बनाउनेलाई प्रोत्साहन स्वरुप नक्सा प्रक्रियामा ४० प्रतिशत छुट दिने नीति लिइने भएको छ। 

    नगर क्षेत्रभित्र सार्वजानिक नीजि सहकारी अवधारणा बमोजिम अत्याधुनिक ट्रमा सेन्टर निर्माण गर्ने जग्गा व्यवस्थापन गरिने भएको छ। कम्तिमा ५० जना स्वदेशी श्रमिकलाई रोजगार दिने रोजगारदाता वस्तु वा सेवा उद्योगलाई तोकिएको व्यवसाय करमा ५० प्रतिशत छुट दिने नीति उपमहानगरले लिने भएको छ।

    मेडिकल कलेज, इन्जिनियरिङ्ग कलेज, टेक्निकल कलेज तथा स्टार होटल वा पर्यटक स्तरीय सेवा उद्योग नगरमा संचालन गर्नेलाई निर्माणका लागि विद्युत ट्रान्सफर्मर, खानेपानी, बोरिङ र पहुँच मार्ग निर्माणमा लाग्ने रकमको ४० प्रतिशत रकम अनुदान दिने कार्यक्रम समावेश छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]