समाज

विद्यार्थी संगठनद्वारा शैक्षिक हडतालको घोषणा

असार १०, २०७५

    काठमाडौं : निजी स्कुल तथा कलेजमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारलाई दबाब दिँदै आएको संयुक्त विद्यार्थी संगठनले शैक्षिक आम हडताल गर्नेलगायत दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनमा आवद्ध विद्यार्थी संगठनहरुले यही असार २०, २१ र २२ गते तीन दिन शैक्षिक आम हडताल गर्नेलगायतका आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन्।

    कार्यक्रम अनुसार असार ११ गतेदेखि १६ गतेसम्म प्रधानमन्त्री, मन्त्री, नेताहरुसँग भेटगरी आफूहरूको माग सम्बोधन गराउन पहल गर्ने, १७ गते काठमाडौंको प्रर्दशनी मार्गमा सडक कक्षा संचालन गर्ने, १८ गते काठमाडौंको माइतीघर मण्डला र देशका सम्पूर्ण जिल्लाको सदरमुकाममा आँखामा कालोपट्टी बाँधि सिटी जुलुस निकाल्ने तय गरिएको छ।

    नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले आफूहरूको माग सम्बोधन गराउन आम शैक्षिक हडतालसहितको आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्नु परेको स्पष्ट पारे।

    बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा आवद्धसहितका विद्यार्थी संगठनहरूले शिक्षाको क्षेत्रमा मौलाएको माफियाकरणको अन्त्य गर्न सरकारसँग माग गर्दै आएका थिए। उनीहरूले शिक्षा क्षेत्रमा बजेटको उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]