काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
चितवन : नेकपाका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले क्रान्ति गर्नभन्दा आर्थिक समृद्धि ल्याउन हजार गुणा बढी अफ्ठ्यारो रहेको बताएका छन्।
आइतबार चितवनको रत्ननगर नगरपालिकाको तेस्रो नगरसभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले विगतको अनुभवलाई प्रयोग गरेर भविष्यमुखी हुन सकिएन भर्न आर्थिक समृद्धि हुन नसक्ने दाबी गरे।
‘क्रान्ति गर्न जति सजिलो छ, आर्थिक समृद्धि गर्न त्यसको हजार गुणा अफ्ठ्यारो छ, पाण्डेले भने, हर मान्छेले देश बनाउनुपर्छ भन्ने संकल्प गर्नु जरुरी छ।’
देशको आर्थिक विकासका लागि उद्योग र कलकारखानाको विकास हुनु जरुरी रहेको औँल्याउँदै उनले आम्दानी र रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरू अगाडि ल्याउनुपर्नेमा जोड दिए।
बजेट निर्माण गर्दा कमाउनलाई उत्प्रेरणा दिने खालका कार्यक्रम नगरपालिकाले ल्याउन सकेन भने नगर उज्यालो हुन नसक्ने भनाइ पाण्डेको थियो। चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले जनतालाई विश्वास दिलाउन निर्वाचनको कबुल जसरी पनि पूरा गर्नुपर्ने उल्लेख गरे।
जनप्रतिनिधिहरूले सेवा सुविधा खोज्ने प्रवृत्ति देखिएको भन्दै उनले यसले बदनाम हुने खतरा रहेकोसमेत औँल्याए। यसतर्फ संयम हुनसमेत उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे।
स्थानीय तहलाई शिक्षा क्षेत्रको जिम्मा दिएको प्रसंग कोट्याउँदै उनले गाउँपालिका र नगरपालिकालाई शिक्षाको जिम्मा दिँदा गुणस्तर शिक्षा प्राप्त हुनेमा चुनौति रहेको भन्दै जनप्रतिनिधिहरूलाई सचेत गराए।
यसैबीच रत्ननगर नगरपालिकाले आगामी वर्षका लागि रु ८४ करोड ५४ लाखको बजेट ल्याएको छ। विभिन्न ५१ बुँदे नीति तथा कार्यक्रमसहित नगरपालिकाले सो बजेट ल्याएको हो। नगर प्रमुख नारायण वनले रत्ननगरलाई रत्न बनाउने खालका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरिएको दाबी गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।