काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको...
महानगरको १३ अर्ब दुई करोडको बजेट
काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरैको छ। महानगर उपप्रमुख हरिप्रभा खड्कीले सार्वजनिक गरेको बजेटमा मनोरेल र ई-ट्वाइलेट लगायतका काममा ठूलो रकम छुट्याइएको छ। यो कामको लागि १५ करोड रकम छुट्याएको हो।
१३ अर्ब दुई करोड १२ लाख रुपैयाँको बजेटमा रानीपोखरी र दरबार हाइ स्कूलको पुनर्निर्माण अघि बढाउने उल्लेख गरेकी छन्। शिक्षाका लागि एक अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। महानगरले सहरी योजना आयोग स्थापना गर्ने, निशुल्क स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम पनि अघि सारेको छ।
व्यवस्थित सहर सुरक्षित सहर नारा बजेटमा समावेश गरिएको छ। यस्तै सहरी सुविधा न्यूनतम शर्त, सुरक्षित भवन र नक्सापास डिजिटल बनाउने उपकरण खरिद सात करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ।
महानगरपालिकाले कौसी खेतीलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ। पशु बधशाला र सञ्चालनमा रहेका तरकारी बजार आधुनीकीकरणका लागि ६ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यी हुन् स्रोत
आगामी आर्थिक वर्षमा , बाह्य स्रोतबाट पाँच अर्ब १९ करोड रुपैयाँ, आन्तरिक आयबाट चार अर्ब ९० करोड र अन्य स्रोतबाट अन्य एक अर्ब चार करोड करोड ११ लाख रुपैयाँ अनुमान गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।