काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशम...
काठमाडौं : नेपालको भूमि सम्वन्धी विषयमा विस्तृत जानकारी गराउनको लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोवाइल एप्स प्रयोगमा ल्याएको छ। आइतबारबाट ‘भूमि सुशासन’एप्स संचालनमा ल्याइएको हो।
एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धी सेवाहरुको जानकारी, कार्यालयहरुको स्थान, ऐन–कानुन, नीति–निर्देशिका, कार्यविधि, भूमि शब्दकोष समावेश गरिएको छ। नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बर सोधिने प्रश्नहरु पनि मोवाइल एप्समा समेटिएका छन्।
मन्त्री खनालले मन्त्रालयलाई प्रविधि मैत्री र सर्वसाधरणलाई भूमिको विषमा छिटो जानकारी दिनको लागि यस्तो एप्स संचालनमा ल्याइएको जानकारी गराए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।