अर्थ

धरान उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८० करोडको बजेट

असार १०, २०७५

    सुनसरी : धरान उपमहानगरपालिकाले एक अर्ब ८० करोडको बजेट आइतबार सार्वजनिक गरेको छ। आइतबार भएको ‘तेस्रो नगर सभा’ ले आर्थिक वर्ष २०७५/०७६ को लागि उक्त बजेट विनियोजन गरेको हो।

    योजना छनौट तथा बजेट तर्जुमा समितिका संयोजक तथा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बजेट प्रस्तुत गरेकी हुन्। चालुतर्फ ४४ करोड ५६ लाख ५४ हजार ८०० रुपैयाँ र पूँजिगत खर्चतर्फ एक अर्ब ३२ करोड ५१ लाख ४५ हजार २०० रुपैयाँको बजेट सार्वजनिक गरेको हो।

    नगरले पर्यटनलाई प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ। पर्यटन विकासको लागि पर्यटकिय स्थलहरूको पूर्वाधार विकास तथा पर्यटन प्रवद्धनको लागि दुर्इ करोड ६२ लाख रुपैयाँ विनियोजन गरेको छ। खेलकुदको पूर्वाधार निर्माण र खेल विकासका लागि एक करोड दुर्इ लाख बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार विकास साथै क्रमागत योजनाका लागि १३ करोड विनियोजन छुट्याएको छ।

    नगर गौरवका आयोजनाका लागि सात करोड रुपैयाँ बजेट छुट्याएको छ। जनसहभागितालाई प्राथमिकतामा राख्दै एक वडामा एक योजनासहित चार करोड ६७ लाख बजेट विनियोजन गरिएको छ। नगर कोषको लागि एक करोड विनियोजन गरिएको नगर सभाले जनाएको छ।

    २०७५ सालभित्र बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने लक्षय लिएको छ। बहुजातीय संग्राहलय निर्माणलाई निरन्तरता गर्ने जनाएको छ। प्रदेश सकारबाट १५ करोड विकास योजना बजेट धरानमा मात्र आएको नगर प्रमुख तारा सुब्बाले बताए। नगर सभा मंगलबारसम्म चल्ने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]