राजनीति

कामु प्रधानन्यायाधीश जोशीले गरे सरकारको आलोचना : ‘न बजेट दिन्छ न कर्मचारी’

जिल्ला अदालतमा कामु प्रधानन्यायाधीश जोशी।
असार १०, २०७५

    गोरखा : सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायमधीश दीपकराज जोशीले देशभरका अदालतहरूमा सरकारले कर्मचारी दरबन्दी बढाउनुपर्ने बताएका छन्। जिल्ला अदालत गोरखाको नवनिर्मित भवनको निरीक्षणका लागि गोरखा आइपुगेका उनले सरकारले न्यायपालिकामा दरबन्दी थप गर्नुको सट्टा कम गर्ने छलफल गर्न थालेको भन्दै सरकारको आलोचना समेत गरेका हुन्। 

    अदालतमा भएको कर्मचारीले काम नभ्याउने भइसक्यो जोशीले बताए।  उनले भने, ‘सरकारले न कर्मचारीको दरवन्दी थपेको छ न बजेट बढाएको छ। बजेट दिउँला त भनेको छ।  तर कहिले दिने हो?’ कामु प्रधानन्यायाधीश जोशीका अनुसार सर्वाेच्च अदालतले २०६२ र २०७२ सालमा सरकारलाई कर्मचारी आवश्यकता अध्ययन (ओएनएम) पत्र लेखेर कर्मचारीको दरबन्दी र बजेट बढाउन माग गरेको थियो। ‘अदालतमा पुनरावेदनको समेत जिम्मा दिइएको छ’ उनले भने, ‘त्यसो भए पछि त काम बढ्यो। एउटै जिल्ला न्यायाधीशले ती सबै गर्न सक्ने कुरै भएन हामीलाई न्यायाधीश थप गर्नुपर्ने आवश्यकता छ।  सरकार दरबन्दी हटाउने कुरा गर्छ।’ उनले स्थानीय तहमा उपप्रमुखहरूको नेतृत्वमा न्यायिक समिति गठन भएकोमा उनले भने, ‘उहाँहरूलाई जानकारीको खाँचो छ। धेरै कुराहरू सिक्न बाँकी छ।’

    शनिबार नै गोरखा आइपुगेका जोशीले आइतबार बिहान गोरखकाली मन्दिरमा पूजाआजा गरे। आइतबार बिहान ८ बजेदेखि करिब आधाघण्टा लगाएर गोरखकाली मन्दिरमा पूजाआजा गरी आइतबार नै काठमाडौँ फर्किएको जिल्ला न्यायाधीश वसन्तराज पौडेलले जानकारी दिए। जोशीले गोरखा अदालतको भवन निरीक्षण गर्दै सम्झौता समयमै निर्माण  सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए। 

    प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभन्दा अघि पनि गोरखकालीको पूजाआजा गर्न आएका जोशी सिफारिस भइसकेपछि पहिलो पटक फेरि गोरखकालीको दर्शनका लागि गोरखकाली मन्दिर पुगेका हुन्। प्रधानन्यायाधीशको लागि सिफारिस भइसके पनि जोशीको नाम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले भने नियुक्त गर्न बाँकी रहेको छ। जोशीको साथमा उनका छोरा र सर्वाेच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय पनि गोरखा आएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]