अर्थ

काठमाडौं महानगरद्वारा स्वच्छ, सुरक्षित र जीवन्त बनाउने लक्ष्यसहित १३ अर्बको बजेट प्रस्तुत

असार १०, २०७५

    काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १३ अर्ब दुर्इ करोड रुपैयाँको बजेट ल्याएको छ। काठमाडौं महानगरपालिकाको आइतबार आयोजित नगरसभामा उपप्रमुख हरिप्रभा खड्गीले आगामी आर्थिक वर्षका लागि १३ अरव २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट पेस गरेकी हुन्।

    महानगरलाई स्वच्छ, सुरक्षित र जीवन्त बनाउने लक्ष्यसहित पेस गरिएको बजेटमा आन्तरिक आयतर्फ चार अर्ब ९० करोड २१ लाख ७५ हजार, बाह्य स्रोततर्फ चार अर्ब १९ करोड र अन्य एक अर्ब चार करोड राजस्व प्राप्त हुने अनुमान गरिएको छ। उपप्रमुख खडगीले बजेटको सबैभन्दा ठूलो हिँस्सा तीन अर्ब छ करोड २५ लाख बजेट वडास्तरको पूर्वाधार विकासका लागि विनियोजन गरिएको स्पष्ट पारिन्।

    महानगरपालिकाले शिक्षामा एक अर्ब ९० करोड ४६ लाख, हनुमानढोका स्वयम्भू जोडने पदमार्ग निर्माणका लागि ५१ करोड, महानगरपालिकाका भवन निर्माण तथा गाडी खरिदका लागि दुर्इ अर्ब ३६ करोड एक लाख बजेटको व्यवस्था गरिएको छ। बजेटमा सूचना प्रविधिको विकासका लागि २१ करोड ५८ लाख बजेट विनियोजना गरिएको छ। उपप्रमुख खडगीले सहरको सुरक्षाका लागि सिसी क्यामेरा जडानमा पनि सो बजेट खर्च हुने स्पष्ट पारिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]