साहित्य

झोराहाटमा सुनिए १६ कविता

असार १०, २०७५

    बोल्नेछन् कविता आफैँ, बोल्दैनन् कवि ड्यासमा
    रचना गर्भ, सन्दर्भ,  खोल्दैनन्  गाँस  गाँसमा ।।

    झापा दमकका कवि विष्णु न्यौपानेले कविकै बारेमा तयार पारेको यो कविता छन्दमा सुनाउँदै गर्दा मोरङ झोराहाट नाटक घरमा सहभागी श्रोताको तालीको वर्षा सुरु भयो। प्रत्येक महिनाको दोस्रो शनिबार जस्तै यो हप्ता पनि श्रोता तथा साहित्यप्रेमिहरू यसपटक पनि सहभागी थिए। चार कविका १६ कवितामा श्रोताहरू रमाइरहेका थिए। 

    झोराहाट नाट्य समूहले प्रत्येक महिनाको दोस्रो शनिबार गर्दै आएको ‘गाउँमा कविता’ कार्यक्रममा यसपटक दमकका न्यौपानेसँगै विराटनगरकी निर्माला कोइराला, बेलबारीका गणेश लामा आँसु र विराटनगरकै शिवनारायण पण्डितले चार/चारवटा कविता वचन गर्दै थिएटरको हलमा सहभागी श्रोतालाई मत्रमुग्ध बनाए।

    उनीहरूले देश प्रेमसँगै अहिलेको राजनीतिप्रति तीखो व्यंग्य गर्दै आफ्नो कविता तयार पारेका थिए। न्यौपानेले छन्दमा कविता वाचन गर्दै गर्दा अन्य तीन जनाले भने गद्यमा वाचन गरे।  झोराहाट नाट्य घरले आयोजना गर्दै आएको ‘गाउँमा कविता’को यो २५औँ शृंखला हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]