अर्थ

घोराही उपमहानगरको बजेट एक अर्ब ४९ करोड रुपैयाँ

असार १०, २०७५

    दाङ : घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि एक अर्ब ४९ करोड २६ लाख ८३ हजार रुपैयाँको बजेट निर्धारण गरेको छ। आइतबार बसेको तेस्रो नगरसभामा उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानलेले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन तथा नगरपालिकाको आन्तरिक आयको प्रक्षेपणका आधारमा उक्त बजेट निर्धारण गरेको बताइन्।

    आगामी वर्षका लागि चालुतर्फ ९१ करोड ५७ लाख ५ हजार अर्थात बजेटको ६१.३५ प्रतिशत रकम विनियोजन भएको छ भने पुँजीगततर्फ ५७ करोड छ लाख ९८ हजार रुपैयाँ अर्थात बजेटको ३८.६५ प्रतिशत विनियोजन गरिएको उपप्रमुख न्यौपानेले बताइन्। आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्य संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ३२ करोड ४६ लाख रुपैयाँ, राजस्व बाँडफाँड २१ करोड ६९ लाख ८५ हजार, सशर्त अनुदान ४४ लाख करोड ८१ लाख रुपैयाँ तोकिएको छ।

    त्यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमा ७३ लाख १३ हजार, राजस्व वाँडफाँडमा दुर्इ करोड ८९ लाख ८५ हजार र सशर्त अनुदानमा एक करोड ३३ लाख रुपैयाँ आएको उपप्रमुख न्यौपानेले सभामा बताइन्।

    त्यसैगरी उपमहानगरपालिकाको आन्तरिक राजस्वमा १९ करोड, लागत सहभागिता पाँच करोडको अनुमान गरिएको छ भने सामाजिक सुरक्षा कार्यक्रम, सडक बोर्ड र अन्य शीर्षकहरूका लागि २१ करोड ३४ लाख रुपैयाँ आयको अनुमान गरिएको उपप्रमुख न्यौपानेले बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]