राजनीति

स्थानीय तहमा १० हजार कर्मचारी पठाउँछौँ  : मन्त्री पण्डित

असार १०, २०७५

    बारा : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहका लागि १० हजार कर्मचारी पठाउने तयारी भइरहेको जानकारी दिएका छन्।बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको दोस्रो नगर सभाको आइतबार उदघाटन गर्दै मन्त्री पण्डितले यस्तो जानकारी दिएका हुन्।

    स्थानीय तहमा कर्मचारी अभाव हुँदा जनताले सास्ती पाइरहेकाे उनले बताए।  मन्त्री पण्डितले भने,‘जनताले सेवा प्रवाहमा कुनै अवरोध नहुने गरी कर्मचारी परिचालन गर्छाैं।’ राज्यलाई ढाँटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ति नपाउने भन्दै मन्त्री पण्डितले मुलुकमा राजनीतिक संक्रमण सकिए पनि अहिले राज्यले कर्मचारी संक्रमण भोगिरहनु परेको बताए। ‘राज्यले दिएको जिम्मेवारी पूरा नगर्ने र राज्यले तोकेको स्थानमा पुगेर सेवा गर्न नसक्ने कर्मचारी राष्ट्रसेवक हुन सक्दैन,’ मन्त्री पण्डितले भने,‘समृद्धिको अभियानमा गम्भिरतापूर्वक काम गर्न आवश्यक छ।’

    संघीय संरचनापछि बनेको तीन तहको सरकारबाट जनताको चाहना धेरै रहेको भन्दै मन्त्री पण्डितले जनताका लागि काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे। स्थानीय स्रोत र साधनलाई बढी प्रयोग गर्दै विकासका कामलाई गति दिन सके सफलता हासिल गर्न सक्ने उनको भनाई थियो। कार्यक्रममा प्रदेश २ का सदस्य सुन्दर बिश्वकर्मा, सीता गुरुङ, शोभा लामा लगायतले सम्बोधन गरेका थिए। 

    जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतामा भएको सभामा उपमहानगरकी उपप्रमुख सरस्वती चौधरीले आर्थिक वर्ष २०७५/०७६ का लागि चालु खर्चतर्फ १६ करोड १९ लाख र पुँजीगततर्फ ९० करोड ९६ लाख गरी एक अर्व ७ करोड १५ लाख एक हजार ८२० रुपैयाँ  बजेट विनियोजन गरेकी थिइन्।

    उपमहानगरको अघिल्लो आर्थिक वर्षको बजेट ८४ करोड ५० हजार रुपैयाँ थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]